प्रदेश ३ राजधानी विवाद उत्कर्षमा, हेटाैडाबाट बाहिर सार्न खोजिए नाकाबन्दी !


नेपाल पाना प्रकाशित: २०७५-८-४ गते 10:51:04 AM
प्रदेश ३ राजधानी विवाद उत्कर्षमा, हेटाैडाबाट बाहिर सार्न खोजिए नाकाबन्दी !

काठमाडाैं । प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले दिएका छन् ।सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले स्थायी राजधानीबारे खुल्ला बहस गर्न तयार रहेको बताए ।

‘यदि हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँ छ भने हामी खुल्ला छलफलका लागि तयार छौं’, उनले भने, ‘तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपैयाँ खर्च गरिसकेको ठाउँ छाडेर अर्बौ खर्च गराउने कुरा मान्य छैन ।’

हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको चौँलागार्इँको दाबी छ ।

नेपाली काग्रेसनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए ।

‘हाम्रो माऊ पार्टी नेपाली कांग्रेस, हाम्रा युवाहरु र मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु पनि यसका लागि तयार छन्’, उनले भने, ‘यदि हेटौंडाबाट राजधानी चलाइए देशको राजनीतिले अर्कौ मोड लिनसक्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले राजधानीको विषयमा बहस आवश्यक नरहेको बताए । ‘राजधानी चलाउनु भनेको देशमा अस्थिरता निम्त्याउनु हो’, उनले भने, ‘यहाँ राजधानी चलायो भने काठमाण्डौंले मात्र होइन, अन्य प्रदेशका जनताले पनि दुःख पाउँछन् ।’

कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी सम्बद्ध युवा संगठनका मकवानपुर अध्यक्ष सुदिप कार्कीले प्रदेश राजधानीसँग जनताका दैनिक काम नजोडिने भएकाले सांसदहरुको स्वार्थमा राजधानी सार्ने कुरा मान्य नहुने बताए । ‘यदि त्यसो भयो भने हामीले काठमाण्डौंलाई चयनले सुत्न दिने छैनौं’, उनले भने ।

राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले दिए पनि सत्तारुढ दल नेकपाका नेताबीच एकमत नहुँदा अन्यौल यथावत छ । यो खवर आजको अन्नपूर्ण पोस्टमा छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





आलोचकमाथि खनिने ओली पार्टीभित्रै अल्पमतमा
आलोचकमाथि खनिने ओली पार्टीभित्रै अल्पमतमा

काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी..

शसस्त्र प्रहरीले ग-यो हतियार र गाडीको दुरूपयोग
शसस्त्र प्रहरीले ग-यो हतियार र गाडीको दुरूपयोग

धनगढी । सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप प..

स्ववियु भाँडभैलो : चुनाव बैशाखमा सार्ने तयारीमा त्रिवि
स्ववियु भाँडभैलो : चुनाव बैशाखमा सार्ने तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि स..

नेपालको स्याटेलाइट ४ बैशाखमा प्रक्षेपण गरिने
नेपालको स्याटेलाइट ४ बैशाखमा प्रक्षेपण गरिने

काठमाडौं ।  सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा..