कांग्रेसी अध्यक्षले दिनेछन् ३० हजार भत्ता, स्थानीय वासिन्दा चकित


पत्रपत्रिकाबाट प्रकाशित: २०७५-८-५ गते
कांग्रेसी अध्यक्षले दिनेछन् ३० हजार भत्ता, स्थानीय वासिन्दा चकित

नवलपरासी । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष दुर्गाबहादुर राना मगर नेतृत्वको गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर गाउँपालिकामा आउनेलाई ३० हजार रुपैयाँसम्म भत्ता दिने भएको छ ।

बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो – अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ ।

साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । कान्तिपुर दैनिकले लेखेको छ ।

सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि गाउँसभाबाट पारित गरेर अन्य स्थानीय तहबाट बस्न आउनेलाई भत्ता दिने व्यवस्था लागू गरिएको गाउँपालिकाका अध्यक्ष गाउँँपालिका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए ।

‘जग्गाधनी पुर्जा भएकाहरूसमेत खेतबारी बाँझै राखेर अन्यत्र बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो,’ उनले भने, ‘यस्तो उपाय अपनाउन बाध्य भयौं ।’ उनले सबै वडाध्यक्षको सल्लाहमा यस्तो निर्णय लिएको जनकारी गराए । 

‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं,’ उनले भने । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना रहेको गाउँपालिका प्रमुख राना मगरले सुनाए ।

पहाडमा सुविधा नभएका कारण गाउँ छाडेर हिँड्ने र बस्ती रित्तो हुने खतरा देखेपछि यस्तो निर्णय भएको हो । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन । गाउँमा बस्न कोही मान्दैमान्दैन,’ उनले भने । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नम्बर २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ । बौदीकाली–१ मिथुकरम र बौदीकाली–३ रकुवामा बसाइँसरी आउनेलाई पनि प्रतिपरिवार ३०–३० हजारका दरले प्रोत्साहन भत्ता दिइनेछ ।

गाउँ रित्तिन नदिन धेरै सन्तान जन्माउने र गाउँ नछाड्नेलाई भत्ता दिनुपर्ने अवस्था आइसकेको स्थानीय सोम सारुले बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद विष्णु लामिछानेले बसाइँसराइ रोक्न केन्द्र, प्रदेश र स्थानीय तहले फरक–फरक सुविधा दिनुपर्ने बताए ।

‘पहाडमा कृषि पेसा अवलम्बन गर्नेलाई विशेष नगद दिने र ५ वर्ष खेतीपातीमा समय बिताउनेको परिवारबाट कम्तीमा एक जनालाई आकर्षक मुलुकमा सरकारले नै विदेश पठाउन लगानी गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

१५ वर्षअघि ११ हजार जनसंख्या रहेको यो गाउँपालिकामा अहिले पनि १५ हजार ७ सय ३४ जनसंख्या छ । गाउँपालिकामा ९१ प्रतिशत जनसंख्या मगर समुदायको छ । तनहुँसँग सिमाना जोडिएको र नवलपरासीको विकट पहाडी यो गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने कलेज छैन । वैदेशिक रोजगारीमा गएकाहरूका सन्तान कावासोती, झयालबास, दल्मले, गैंडाकोटमा डेरा गरेर बालबच्चा पढाउने र त्यतै बसाइँ सर्नेक्रम बढ्दो छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





सरकारी सवारी: एक अधिकृतलाई दुई गाडी
सरकारी सवारी: एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १ सय ७४ वटा छन् । यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १.९३ हुन्छ..

पानीजहाज ऐन समयानुकुल बनाउन संशोधन गर्दै मन्त्रालय
पानीजहाज ऐन समयानुकुल बनाउन संशोधन गर्दै मन्त्रालय

काठमाडौं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले..

सिरहाका २८ दलित परिवारको जग्गा थाहै नदिई बेचियो, जनप्रतिनीधिकै संलग्नता !
सिरहाका २८ दलित परिवारको जग्गा थाहै नदिई बेचियो, जनप्रतिनीधिकै संलग्नता !

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झ..

सहुलियतको नुन ढुवानीमै ३ करोड घोटाला
सहुलियतको नुन ढुवानीमै ३ करोड घोटाला

काठमाडौं । दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्ष..