चक्रब्यूहमा फस्दै प्रधानमन्त्री ओली : २१ केन्द्रीय सदस्यले दिए चुनौती, सोधे– जे गरेपनि हुने ?


पत्रपत्रिकाबाट प्रकाशित: २०७५-८-६ गते 07:55:37 AM
चक्रब्यूहमा फस्दै प्रधानमन्त्री ओली : २१ केन्द्रीय सदस्यले दिए चुनौती, सोधे– जे गरेपनि हुने ?

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता र मनपरीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले कडा चुनौती दिएका छन् ।

आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ – ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ?

पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् ।

केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधवकुमार नेपाल पक्षले नियोजितरूपमा उचालेको आरोप लगाएको छ । उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने शर्तमा भने, ‘यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो ।’

स्मरणीय छ, केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्बाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको थियो । 
‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको जनवादलाई सम्मृद्ध गर्ने ?’ ज्ञापनपत्रमा भनिएको छ, ‘संसदीय दलमा पनि लोकतान्त्रिक अभ्यास छैन । संसदीय दलको हरेक बैठक केही नेताको भाषण सुनाएर समापन गर्ने गरिएको छ । कुनै छलफल, समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती–कमजोरी पत्ता लाग्छन् ? कसरी सुधार हुन्छ ?’

पार्टी महासचिव विष्णु पौडेलमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठक, प्रधानमन्त्रीको कार्यशैलीलगायतका विषय केन्द्रित गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्टि गरे ।

पूर्वमाओवादी पक्षले भने उनीहरूले हतारिएर ज्ञापनपत्र बुझाएको प्रतिक्रिया दिएको छ । पूर्वमाओवादीबाट एकीकरणमा जानुभएका नेकपाका स्थायी समिति सदस्य मणि थापाले भने, ‘साथीहरूले भोलिको सचिवालय बैठकसम्म धैर्यता गर्नुपर्दथ्यो । एक दिन पनि नपर्खी ज्ञापनपत्र बुझाउनुको अर्थ छैन ।’

पार्टीका शीर्ष नेताद्वय झलनाथ खनाल र वामदेव पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन । उक्त पक्ष मौन देखिएको छ । नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई नै उक्त ज्ञापनपत्र बुझाउने तयारी भएपनि कार्यव्यस्तताका कारण महासचिवमार्फत् बुझाएका थिए । अध्यक्ष ओली र प्रचण्डको किटानी नगरी ‘कमरेड अध्यक्ष’ मात्रै सम्बोधन गरेर लेखिएको पाँच पृष्ठ लामो ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टीका विभिन्न तहगत कमिटीका बैठकले नै पार्टीका काम र गतिविधिको समीक्षा गर्नुपर्दछ, नेतृत्वमा इमानदारिता र जवाफदेहिताको अठोट छ भने मात्र यस्तो समीक्षा सम्भव छ ।’

‘पार्टीमा गम्भीर विषय उठ्दा महसुस गरेको अभिनय गर्ने, तत्कालका लागि असन्तुष्टि र आवेगलाई शान्त बनाउनका लागि ‘कमजोरी भएको र अब नगर्ने’ मौखिक बाचा गर्ने, समस्यालाई अल्पकालीन रुपमा पन्छाउने तर व्यवहारमा मिचाहा शैलीलाई नै पुनरावृत्ति दिने काम गर्दै जाने हो भने समाधान निस्किँदैन,’ उक्त पत्रमा भनिएको छ ।

पार्टीको नेतृत्वले स्वेच्छाचारी ढंगले काम गर्ने तथा सरकारलाई निजी तथा मन पर्ने मानिसको मात्र घेराबन्दीमा राख्दा पार्टीपंक्ति र जनतामा असन्तुष्टि झन्झन् बढ्दै जाने र पार्टीलाई गम्भीर क्षति गर्ने चेतावनी दिँदै ज्ञापनपत्रमा भनिएको छ, ‘व्यक्तिगत वा गुटगत तुष्टीकरणको प्रक्रियाले समग्र कार्यकर्ता पंक्तिलाई सन्तुष्ट बनाउन सक्दैन भने विधि, पद्धति र पारदर्शी मापदण्डका आधारमा गरिने कार्यहरुले मात्र अधिकतम स्वीकार्यता प्राप्त गर्न सक्दछ ।’

पार्टी एकतापछि आजसम्म केन्द्रीय सदस्यदेखि स्थानीय कमिटी सदस्यलाई कामविहीन बनाउनु पार्टी कामप्रतिको हदैसम्मको लापरबाही र असफलता भएको आरोप लगाउँदै ज्ञापनपत्रमा थप भनिएको छ, ‘यस्तो अवस्था तत्काल अन्त्य गरी यसका लागि पार्टी केन्द्रले पारदर्शी विधि र मापदण्ड तयार गरी सबै तहमा त्यसअनुसारको एकीकरण सम्पन्न गर्ने तरिका अवलम्बन गर्नुपर्दछ ।’

को कोले गरे हस्ताक्षर ?

१. डा. विजयकुमार पौडेल
२. जगन्नाथ खतिवडा
३. शत्रुधन महतो
४. ममता गिरी
५. जयन्ती राई
६. गरिमा शाह
७. भाष्कर काफ्ले
८. रामकुमारी झाँक्री
९. निरज आचार्य
१०. पे्रमलकुमार खनाल
११. माधव अर्याल
१२. विजय गुरुङ
१३. तुलबहादुर गुरुङ
१४. यदुवंश झा
१५. रचना खड्का
१६. विरोध खतिवडा
१७. रविन कोइराला
१८. पशुपति चौलागाईं
१९. मेटमणि चौधरी
२०. विश्वनाथ प्याकुरेल
२१. ठाकुर गैरे



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





आलोचकमाथि खनिने ओली पार्टीभित्रै अल्पमतमा
आलोचकमाथि खनिने ओली पार्टीभित्रै अल्पमतमा

काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी..

शसस्त्र प्रहरीले ग-यो हतियार र गाडीको दुरूपयोग
शसस्त्र प्रहरीले ग-यो हतियार र गाडीको दुरूपयोग

धनगढी । सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप प..

स्ववियु भाँडभैलो : चुनाव बैशाखमा सार्ने तयारीमा त्रिवि
स्ववियु भाँडभैलो : चुनाव बैशाखमा सार्ने तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि स..

नेपालको स्याटेलाइट ४ बैशाखमा प्रक्षेपण गरिने
नेपालको स्याटेलाइट ४ बैशाखमा प्रक्षेपण गरिने

काठमाडौं ।  सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा..