गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

  |   प्रकाशित :

काठमाडाैं । विवादास्पद एनजिआेको कार्यक्रममा सरकारले सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ । 

विहान साढे ११ बजेदेखि लागुहुने गरि जोर विजोर प्रणाली हटाएको ट्राफिक महाशाखाले जनाएको छ । चाैतर्फी रुपमा सरकारको विरोध भएपछि बाध्य भएर सरकारले यस्तो निर्णग गर्न बाध्य भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सार्वजनिक रुपमै जोर विजोर प्रणालीको अवज्ञा गर्न अपिल गरेपछि सर्वसाधारणको आक्रोस झनै बढेर गएको थियो । नेता थापाले अपिल गर्दै भनेका थिए, जोर विजोर प्रणालीको अवज्ञा गर्नुहोस् । सरकार नै धर्मान्तरको पक्षमा देखिएको छ ।

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै थापाले लेखेका छन्, सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएकाे विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ।सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं ।

यस्तै, युथ कांग्रेसले विज्ञप्ति नै निकालेर विरोध जनाएपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो । हिजो देखि लागु भएको जोर बिजोर प्रणालीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको थियो भने भाडाका सवारी साधनले समेत मनपरि भाडा अशुल्ने गरेको पाइएको थियो ।

विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech