Exclusive: प्रधानमन्त्री आेलीसहित नेकपाका यी नेताको संलग्नतामा सरकार सह-आयोजक बन्ने निर्णय


नेपाल पाना प्रकाशित: २०७५-८-१७ गते
Exclusive: प्रधानमन्त्री आेलीसहित नेकपाका यी नेताको संलग्नतामा सरकार सह-आयोजक बन्ने निर्णय

काठमाडाैं । धर्म प्रचार गर्न आयोजित एसिया प्यासिफिक समिट कार्यक्रम नेपालमा गर्नेबारे सत्तारुढ दल नेकपाका नेतासहित प्रधानमन्त्री केपी सर्मा आेलीले तीन महिना अगाडी सहमति जनाएको खुलन आएको छ ।

सरकार समिटको सह-आयोजक बन्ने गरि भएको सहमति अनुसार अहिले नेपालमा विवादीत समिट सम्पन्न हुनुका साथै प्रधानमन्त्री आेलीलाई सम्मानका नाममा सिङ्गो मुलुककै अपमान गरिएको छ । केरलाका चर्चका एक पादरी मार कुरिलोस र सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई यही प्रकृतिको अवार्ड र नगदसहित सम्मान गरिएको थियो । 

सम्बन्धित समाचार शिर्षकः आशा देखाएर अपमानः भारतका मुख्यमन्त्री र पादरीलाई दिइएको तक्मा यसपालि प्रधानमन्त्री आेलीलाई !

राजधानीको तारे होटलमा रातारात गरिएको सहमतिका आधारमा नेपाल परिवार दलका अध्यक्ष एवं युपिफ नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालले कार्यक्रम आयोजना गरेर सरकारलाई आफ्नो इसारामा नचाउन सफल भएका हुन् ।  

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सहमति बिना सरकार समिटको सहआयोजक बन्ने प्रस्ताव प्रधानमन्त्री ओलीले स्वीकार गरेको स्रोतको दावी छ। त्यो बेला समिटको तयारीका लागि भन्दै इन्टरनेसनल कनफरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आईक्याप)का संस्थापक अध्यक्ष होसे दि भेनिसिया नेपाल आएका थिए ।

भेनिसियालाई लाजिम्पाटस्थित र्‍याडिसन होटलमा भेट्न प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (दाहाल), माधवकुमार नेपाल, नेता खनाल र श्रेष्ठ पुगेका थिए । पूर्व शान्ति तथा पुनर्निमाण मन्त्री एवं युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकाल र संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वाल्स भेनिसियासँगै थिए ।

ढकालले मुख्य नेताहरुलाई राजी गराएपछि कार्यक्रमको तयारी तीब्र पारेका थिए भने, कार्यक्रमको सेड्युलमा नेकपाका अध्यक्ष प्रचण्डलाई समेत राखेका थिए । तर, पार्टी भित्रैबाट आलोचना भएपछि प्रचण्ड कार्यक्रम बहिस्कार गर्ने मनस्थितिमा पुगेका हुन् । 

सम्बन्धित समाचारः 'जिससकी एक्ली छोरी' घोषणा कार्यक्रम प्रचण्डद्वारा बहिस्कार

यस्तै, नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले विवादीत कार्यक्रमको नेपाल संयोजक बनेरै कार्यक्रमको संयोजन गरेका छन् । माधव कुमार नेपाललाई ढकालले विभिन्न देशको भ्रमण समेत गराउने गरेकाले नेता नेपालले जिससकी एक्ली छोरी अर्थात 'सच्चा माता' भनिने मुनबाट आशीर्वाद समेत लिएका छन् । 

सम्बन्धित समाचारः माधव-एकनाथ कनेक्सनले नेकपामा भाँडभैलो, यसकारण गरे माधवले कार्यक्रम संयोजन

केहीबेरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल र हाल प्रधानमन्त्री ओलीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई त्यहाँ पुगेका थिए । समिटमा नेपाल सरकार सह—आयोजक बन्नु पर्ने भेनेसिया, ढकाल र वाल्सको प्रस्तावमा आफ्नो असन्तुष्टि रहेको केही नेताहरुलाई जानकारी दिँदै नेता खनाल र श्रेष्ठ बैठकस्थलबाट केहीबेरमै बाहिरिएका थिए ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !
भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरुद्ध उम्मेदवारी दिएका कन्हैया कुमारको चुनावी प्रचारमा नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्..

''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा
''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरी खतिवडाले सत्ताधारी दलका कार्यकर्ताहरुले सरकारी हुन्डी खाएर जनताविरुद्ध जाईलागेको बताएका छन् ,  पार्टीनिकट नेपाल..

राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ
राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ

घोराही । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यदवय चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई दाङको रार्म्रीभीरबाट पक्रा..

नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने
नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने

काठमाडौं । नेपाल विद्यार्थी संघमा सबै उमेर समूहका नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन र जिम्मेवारी तय गरिने भएको छ ।  संघको ४९ औं स्थापना दिवसका अवसरमा नेपाली कांग्र..