धितोपत्र बजारमा शेयर मुल्य बृद्धि


प्रकाशित: २०७५-८-१८ गते
धितोपत्र बजारमा शेयर मुल्य बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो । 

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार शून्य दशमलव ५१ र होटल तीन दशमलव ८१ विन्दुले घटेको छ । यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२ दशमलव शून्य दुई, जलविद्युत् सात दशमलव ४४, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा १५ दशमलव ११, अन्य १८ दशमलव ६९, माइक्रोफाइनान्स सात दशमलव ४५ र जीवन बीमा २० दशमलव शून्य एक विन्दुले बढेको छ । 

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका शेयरधनीले कमाएका छन् । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको ५९ हजार १..

विदेशी मुद्राको विनिमयदर स्थिर, हेर्नुहोस सटही दर
विदेशी मुद्राको विनिमयदर स्थिर, हेर्नुहोस सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ..

आज हप्ताको पहिलो दिन शेयर बजार ३२ अंकले बढ्यो
आज हप्ताको पहिलो दिन शेयर बजार ३२ अंकले बढ्यो

काठमाडौं । आज हप्ताको पहिलो दिन शेयर बजार झण्डै ३२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ । कारोबार रकम पनि १ अर्ब नाघेको छ ।..

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ..