पहेँले भ्यागुतो पकाएर खुवाएपछि रगतमासीले थलिएका बाबुराम च्वाट्टै !


प्रकाशित: २०७५-८-२१ गते 11:55:45 AM
पहेँले भ्यागुतो पकाएर खुवाएपछि रगतमासीले थलिएका बाबुराम च्वाट्टै !

असार महिना भए पनि अकाश खुलेको थियो, घरमा खाना खाने तरखर हुँदै थियो । जेठो बुबा ज्योतिषी भएकाले उनको जन्म हुँदा समय हेर्दै टिपोट गर्न थाले । उनको जन्मले भट्टराई परिवारमा हाँस्ने÷खेल्ने उमेरको जेठो छोरा गुमाउनुको पीडमा मल्हम लगायो । बुबा भोजप्रसाद भन्छन्,–बाबुराम जन्मेपछि आधार आयो । तीन वर्षको उमेरमा जेठमा जोठो छोरा गोपाल बितेको १० दिनपछि बाबुरामको जन्म भयो ।

उनीभन्दा जेठी एक दिदी थिइन् । बाबुरामपछि जन्मेकी उनकी बहिनीको पनि तीन वर्ष पुगेपछि मृत्यु भयो । बाबुराम पनि तीन वर्ष पुगेपछि गम्भीर बिरामी भए । त्यो बेला खोप्लाङमा अस्पताल थिएन र अस्पताल लैजाने चलन पनि थिएन । गाउँमै वैद्यले जडीबुटीको ओखतीमूलो गर्थे ।दाजु–बैनी के कारणले बिते, थाहापत्तै भएन । वद्यले नाडी छामेर प्राण छोडिसकेको बताएका थिए । बाबुराम तीन वर्ष पुगेपछि जेठी दिदी बाटुली (थिर कुमारी) र उनी सिकिस्त बिरामी परे । जेठो छोरालाई तेस्रो वर्षमा गुमाएको भट्टराई परिवार आत्तियो । भारतबाट आएका कुटी बनाई बसेका एक जना जोगी थिए ।

बुबा भोजप्रसाद डाँडागाउँका तिनै जोगीलाई खोज्ने निस्के । गाउँमा कसैलाई केही पर्दा नाडी हेर्ने, झारफुक गर्ने र जडीबुटीको औषधि दिने काम उनैले गर्थे । जडीबुटीको ओखतीमूलो लिएर आएका जोगी चार दिनसम्म उनैको घरमा बसेर उपचार गरे ।

तर, रगतमासीले ग्रस्त बाबुरामलाई बेथाले छोडेन । अनेक औषधि खुवाउँदा पनि सञ्चो नभएपछि आत्तिएका भोजप्रसाद र धर्मकुमारीलाई गाउँका एक जनाले भ्यागुतो खुवाएपछि ठीक हुन्छ भनेर सुनाए । त्यसपछि भोजप्रसाद पानीमा हिँड्ने पहेँले भ्यागुतो खोज्न हिँडे । भ्यागुतो ल्याइयो र पकाएर ससाना टुक्रा पारी बाबुरामलाई खुवाइयो । भ्यागुतो खाएपछि बाबुरामलाई सञ्चो भयो । बुबा भोजप्रसाद भन्छन्,– यो कुरा बाबुरामलाई भनेको छैन, हुन पनि भ्यागुतो खाएपछि रगतमासीले च्वाट्टै भयो ।

बाबुराम जन्मेको दोस्रो वर्ष सगोलमा रहेका दुई भाइ बुबाहरु छुट्टिए । पुख्यौली घरलाई बीचमा बाँसले बारेर आधा–आधा भाग बनाइयो । बालक बाबुराम बाँसले बार लगाएको प्वालबाट कहिले आफ्नो बुबाको पट्टि त कहिले ठूलोबुबाको पट्टि गर्दै खेल्थे । उनी चार वर्ष पुगेपछि घरभन्दा झण्डै ५० मिटर माथि नयाँ घर बनाइयो । बाबुराम भन्छन्,– नयाँ घर बनाउँदा कर्मीहरुसँग खेलेको धमिलो सम्झना हुन्छ ।

बाबुराम सानै उमेरमा गोठालो जान्थे । त्यति बेला पाँच÷सातवटा भैँसी, ३० वटा गाई, एक हल गोरु, ३०्र४० वटा बाख्रा थिए । मङ्सिरसम्म ६ महिना जमिन खाली हुन्थ्यो । खेतवारीमा गाईबस्तु चराउन सजिलो हुन्थ्यो भने बर्खामा जंगलमा लैजानुपथ्र्यो । उनले आमालाई घाँस काट्न पनि सघाउँथे । गाउँमा गाई, भैँसी, बाख्रा सामूहिक रुपले चराउने चलन थियो । त्यसैले सानै भए पनि गोठालो लाग्न बाबुरामलाई कहिल्यै गाहे भएन । (पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’को एक अंश)



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





नेकपाको अभियान टोली प्रमुख अछामबाट गिरफ्तार
नेकपाको अभियान टोली प्रमुख अछामबाट गिरफ्तार

अछाम । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्..

प्रधानमन्त्री आँपको बिरुवा राेपेर मनाए आफ्नो जन्मदिन
प्रधानमन्त्री आँपको बिरुवा राेपेर मनाए आफ्नो जन्मदिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मदिनमा गमलामा आँपको बिरुवा रोपेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट..

लाखौ मुल्य बराबरको अवैध चाँदीसहित एक पक्राउ
लाखौ मुल्य बराबरको अवैध चाँदीसहित एक पक्राउ

कपिलवस्तु । पाँच लाख मुल्य बराबरको अवैध चाँदीसहित एकलाई प्रहरीले पक्राउ गरेको छ ।   कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्..

सप्तरीमा भयो  २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ
सप्तरीमा भयो  २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

सप्तरी । बोल्न नसक्ने अपांगता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कन्चनरुप नगरपालिका–५, पथरी बस्ने २५ वर्षीय भी..