इपीजीको भरमा भारतको दादागिरी, आखिर के चाहन्छन् मोदी ?


नेपाल पाना प्रकाशित: २०७५-८-२१ गते
इपीजीको भरमा भारतको दादागिरी, आखिर के चाहन्छन् मोदी ?

काठमाडाैं । नेपाल-भारत प्रबुद्ध समुहले तयार पारेको प्रतिवेदन  भारत सरकारले बुझ्न आनाकानी गर्दै आएको छ । 

नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा तयार पारेको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघोषित अस्विकार गरेका छन् । 

नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसवादी दलहरुलाई प्रयोग गर्दै नेपालको राजनीतिमा समेत चलखेल गर्दै आएको छ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार भएपनि सत्तारुढ दल भाजपाले नेपालको राजनीतिमा आफ्नो प्रभाव जमाउन प्रतिवेदनलाई हतियार बनाइ राखेको स्रोतको दावी छ । 

नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकारले जलासययूक्त हाइड्रोहरु चिनियाँलाई जिम्मा दिँदा तर्किएको भारतले आफ्नो व्यापार तथा प्रभाव कम भएको महशुस गरेपछि प्रतिवेदन नबुझेर सांकेतिक दबाब दिन खोजेको यसबारे जानकारहरुले जनाउने गरेका छन् । 

सरकारले नेपालको हित अनुकुल हुने गरि विभिन्न निर्णय गरेर विकास निर्माणका साथै अन्य व्यापार सम्झाैता गर्न थालेपछि भारत चिढिएको स्रोतको दावी छ । नेपाललाई अर्धआैपनिवशिक मुलुकको रुपमा चलखेल गर्न खोज्ने भारतका लागि पछिल्लो समय सरकारले गरेका थुप्रै कामहरु समेत रुचिकर नभएकाले इपीजी हतियार बन्न सफल भएको जनाइन्छ । 

समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, परराष्ट्रविद् डा राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानूनविद् सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् । भने, भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य छन् ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण
अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण

काठमाडौं। डा. माधब सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धनात्मक ग्रन्थ Epic theory and tradition र प्रशान्त डंगोल नवयुगिन नेपाली महांकाब्य बिद्रोही साहिलो लोकार्पाण गरिएको छ..

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते  संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वा..

घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका..

काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?
काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?

काठमाडौँ, । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र आजदेखि सुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष स..