जापानी कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने


एजेन्सी प्रकाशित: २०७५-८-२१ गते 08:15:17 PM
जापानी कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ । 

जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ । 

“निशानले पछिल्लो समय कैयौँ कारहरूमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कारहरू फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “निशानले मुलुकभरबाट ‘तुरून्तै’ झण्डै एक लाख पचास हजार कारहरूलाई फिर्ता माग्नेछ ।” 

निशान कार कम्पनीले घरेलु ‘एसेम्वली प्लान्ट’ मा निर्मित आफ्ना कतिपय सवारी साधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ । 

यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारहरूमा त्रुटी भएको प्रतिक्रियापछि यि सहित विभिन्न १० प्रकारका कारका डेढ लाख पिसलाई फिर्ता गर्न लागेको हो । 

कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीहरूमाझ बिहीबार जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ । 

निशानका उपाध्यक्ष सेइजी होन्डाले भने, “कम्पनीले समस्या देखिएका भनिएका गाडीहरूको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ ।” हामीले सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौँ । 

अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारी साधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत बर्ष पनि १० लाखभन्दा बढी गाडीहरूलाई फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो । 

जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झुटा भएको आरोपपछि यस बिषयमा ग्राहकको विश्वास जित्न कठीन भएको थियो । 

“के गोसन, जसलाई फ्रान्समा ‘ले कोस्ट किलर’ का नामबाट चिनिन्छ, ले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौति गरी पठाउने शिलशिलामा सम्भवतः परीक्षणमा त्रुटी भएको हो,” होन्डाले बताए । 

उनले थपे, “हामीले गत बर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको छ ।” 

निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आएका छन् ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!
कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!

एएनआई । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।  बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरक..

राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ
राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ

एएफपी । सुडानको सुरक्षा निकायले एक प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्र..

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी
नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

विन्धोक । नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्द..

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९, अन्य २ सय विरामी
विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९, अन्य २ सय विरामी

एएफपी । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका..