उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते


नेपाल पाना प्रकाशित: २०७५-८-२८ गते 11:24:35 AM
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

गाईघाट ।  उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताए । 

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिए। 

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो । अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





पूर्व गाविससचिवविरुद्ध भ्रष्टाचार आरोप
पूर्व गाविससचिवविरुद्ध भ्रष्टाचार आरोप

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साविक सीमा गाविसको सामुदायिक भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन गाविस सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा..

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य
राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प..

राष्ट्रपतिको आलोचना गरेपछि प्रतिपक्षका नेता पक्राउ
राष्ट्रपतिको आलोचना गरेपछि प्रतिपक्षका नेता पक्राउ

लुसाका । जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । ..

ढुंगाले लागेर १३ वर्षीया एलिसाको मृत्यु
ढुंगाले लागेर १३ वर्षीया एलिसाको मृत्यु

इलाम । ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ।  इलाम नगरपालिका–८ को सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षी..