घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 


प्रकाशित: २०७५-९-१ गते 11:55:08 AM
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम आफुले काठमाडौमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आफु आश्चर्यमा परेको सांसद भट्टराइले जनाएका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु' ।

'घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु' वक्तव्यमा उल्लेख छ ।
लामो राजनीतिक यात्रा तय गरेर हिँडेको आफु जस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने उनको प्रतिबद्धता छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





राजपाको संयोजक फेरिँदै, अबकाे संयोजक महेन्द्रराय यादव
राजपाको संयोजक फेरिँदै, अबकाे संयोजक महेन्द्रराय यादव

काठमाडौं । दुई दुई महिनामा चक्रीय प्रणालीका आधारमा अध्यक्षमण्डलको संयोजक फेर्ने प्रावधान अनुसार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक पुनः फेरिने भएको छ । त्यसका..

सभापति देउवा निवासमा नेविसंघको धर्ना
सभापति देउवा निवासमा नेविसंघको धर्ना

काठमाडौं । सभापति शेरबहादुर देउवा निवासमा नेविसंघभित्रको असन्तुष्ट समूहले धर्ना दिएका छन्। नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिए पनि तेस्रो पटक पार्टीले म..

ओली प्रचण्डले मानव तस्करीमा मुछिएकी राजदुत लक्कीलाई दिए क्लीन चिट, परराष्ट मन्त्रालयले फेरि पठायो अष्ट्रेलिया
ओली प्रचण्डले मानव तस्करीमा मुछिएकी राजदुत लक्कीलाई दिए क्लीन चिट, परराष्ट मन्त्रालयले फेरि पठायो अष्ट्रेलिया

काठमाडाै -  अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको मानव तस्करीको आरोपमा छानबीन गर्न गठित आन्तरिक समितिले क्लीन चिट दिएको छ। स्रोतक..

सचिव कुटपिट प्रकरण : कर्मचारी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिदैँ गरे आन्दोलनको घोषणा, मन्त्रीको पद पर्यो धरापमा
सचिव कुटपिट प्रकरण : कर्मचारी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिदैँ गरे आन्दोलनको घोषणा, मन्त्रीको पद पर्यो धरापमा

लहान - प्रदेश २ मा सचिव कुटपिट प्रकरणलाई लिएर  कर्मचारी संगठन आन्दोलित भएका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्य..