कांग्रेससँग जोरी खोज्ने सुशीला कार्कीलाई झड्का, अदालतमा सभापति देउवाको जित


नेपाल पाना प्रकाशित: २०७५-९-६ गते
कांग्रेससँग जोरी खोज्ने सुशीला कार्कीलाई झड्का, अदालतमा सभापति देउवाको जित

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ। यो फैसलासँगै सरकारले नियुक्त गरेको आइजिपीको जागिर खोस्ने तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई झड्का लागेको छ। अन्नतः सभापति देउवाले गरेको निर्णय सहि रहेको निष्कर्ष अदालतको फैसलाले स्पष्ट पारेको छ। 

शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो।

अधिवक्ता हरि मैनालीले आइजिपी नियुक्तीमा तत्कालिन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना गर्नेगरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाई २०७३ साल चैतमा सर्वाेचमा रिट दायर गरेका थिए। 

सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेको थियो। चन्दको नियुक्ति तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस 
आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस 

काठमाडौं । आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ । धादिङको नौविसे आसपास केन्द्रविन्दु भएर ३ वटै भूकम्पको धक्का गएको छ । आज ९बुधबार० बिहान ६ बजेर २९ मिनेट जाँदा ५।..

सुधार गृहमा एक जना मृत भेटिएपछि यसरी लिए उग्र रुप, मृतकका परिवारद्वारा संचालकमाथि कुटपिट
सुधार गृहमा एक जना मृत भेटिएपछि यसरी लिए उग्र रुप, मृतकका परिवारद्वारा संचालकमाथि कुटपिट

जनकपुरधाम । क्याम्पस चौकस्थित रिलीफ नेपाल नामक सुधार गृहमा एकजनाले झुण्डीएर आत्माहत्या गरेपछि मृतकका परिवार र सुधार गृह संचालक विचको विवादले उग्र रुप लिएको छ । स्थाई घर सर्..

राष्ट्रपति चीन घुम्न निस्कँदा जमिनदेखि आकाशसम्म ठप्प !  
राष्ट्रपति चीन घुम्न निस्कँदा जमिनदेखि आकाशसम्म ठप्प !  

काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारी चीन भ्रमणमा जाँदैगर्दा सरकारले सडकदेखि विमानस्थलको आवागमन ठप्प पारेको छ ।  रोजीरोटीका लागि कार्यालय धाउने र स्वदेश तथा विदेशको..

भ्रमणका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान
भ्रमणका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । साताब्यापी भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदैछिन् । बुधबार चीनको बेइजिङमा दोस्रोपटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेश..