वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, बहुपक्षीयमा विश्व बैंक अगाडि

रासस प्रकाशित: २०७४-९-१६ गते | 1498 पटक हेरिएको
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, बहुपक्षीयमा विश्व बैंक अगाडि

– हरि लामिछाने 

काठमाडौँ ।  अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन आज सार्वजनिक गरेको छ । 

मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास सहायता प्रतिवेदन २०७३÷७४, विकास सहायता मूल्याङ्कनसम्बन्धी प्रतिवेदन र संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभयो । 

विकास सहायता प्रतिवेदनअनुसार सो अवधिमा एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको बताउनुभयो । यो सहायता अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । 

कुल सहायतामध्ये ५८ करोड २३ लाख ३९ हजार डलर अर्थात् ४१.७६ प्रतिशत अनुदान, ५४ करोड ८८ लाख ५० हजार अर्थात् ३९.३६ प्रतिशत ऋण र २६ करोड ३३ लाख ३६ हजार अमेरिकी डलर अर्थात् १८.८८ प्रतिशत प्राविधिक सहायता प्राप्त भएको थियो । 

राष्ट्रिय प्रणालीमार्फत परिचालन हुने विकास सहायताको राशिमा क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्दै अर्थमन्त्री कार्कीले मन्त्रालयको निरन्तरको प्रयासका कारण अघिल्लो आवमा ६३ प्रतिशतमात्र राष्ट्रिय प्रणालीमार्फत वैदेशिक सहायता परिचालन भएकोमा आर्थिक वर्ष २०७३÷७४ मा ७३ प्रतिशत पुगेको जानकारी दिनुभयो । 

नेपाललाई आर्थिक सहायता गर्ने विकास साझेदारमध्ये बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीयतर्फ संयुक्त राज्य अमेरिका सबैभन्दा ठूला साझेदार हुन् । यस अवधिमा बहुपक्षीय साझेदारतर्फ विश्व बैंकको ३४ करोड ५९ लाख ७० हजार, एसियाली विकास बैंकले २५ करोड ३९ लाख, संयुक्त राष्ट्रसंघ समूह १२ करोड सात लाख ३० हजार र युरोपेली संघबाट आठ करोड ३८ लाख ९० हजार अमेरिकी डलर बराबरको सहयोग प्राप्त भएको छ । 

कुल सहायताको ९१ प्रतिशत पाँच ठूला बहुपक्षीय र ठूला द्विपक्षीय विकास सहायता अन्तर्गत परिचालन भएको छ । यस अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट परिचालन हुने सहायतामा पनि वृद्धि भएको छ । 

त्यसैगरी, द्विपक्षीय सहायतामा अमेरिकी विकास नियोग (युएसएआइडी)ले १३ करोड ४० लाख ६० हजार, बेलायतले १२ करोड ८३ लाख १० हजार, जापानसहित जापानी सहयोग नियोगले सात करोड ७६ लाख ५० हजार, भारतले पाँच करोड ९२ लाख ६० हजार र चीनले चार करोड १२ लाख ४० हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता गरेको छ । 

अघिल्लो आवमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट करिब १६ करोड ८० लाख अमेरिकी डलर परिचालन भएकोमा आव २०७३÷७४ मा करिब १८ करोड ७० लाख अमेरिकी डलर परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । 

अर्थमन्त्री कार्कीले आगामी दिनमा नेपालको संविधानअनुरुप नेपाललाई विकास सहायता परिचालन गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको विकास र यसका सम्भावना बारेमा यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अर्थमन्त्री कार्कीले प्रतिवेदनमा विकासका स्रोतको पहिचान गरिएकाले आगामी दिनमा प्राथमिकीकरण गर्न र तीनका लागि स्रोत जुटाउन सहयोग पुग्ने बताउँदै विद्यमान वैदेशिक सहायतालाई व्यवस्थित गर्न प्रतिवेदनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

संघीयतामा वैदेशिक सहायता परिचालनमा चुनौती 

मुलुक संघीयतामा गएसँगै वैदेशिक सहायता परिचालन चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । 

आज सार्वजनिक संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदनले सहयोगको ‘मोडालिटी’, आयोजनाको माग र परियोजना ढाँचामा चुनौती आइपर्ने उल्लेख गरेको छ । 

त्यसैगरी, संघीय सरकारको खर्च व्यवस्थापनमा ठूलो दबाब खेप्नुपर्ने भएकाले संस्थागत विकास तथा नयाँ परियोजना छनोटमा चुनौती हुने उल्लेख गरिएको छ । सहायता टुक्रिने भएकाले कारोबार लागत अर्को ठूलो चुनौती हुनेछ । त्यसले विकास साझेदारमा वैदेशिक सहायता परिचालनमा प्रश्न उठ्ने चुनौती प्रतिवेदनले औँल्याएको छ । 

संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदनमा आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहमा सहायता परिचालन गर्ने विश्लेषण गरिएको उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय तहमा स्पष्ट नीति अपनाउन प्रतिवेदनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सहायता परिचालन नतिजामुखी हुनुपर्ने 

राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्नका लागि सरकारले संस्थागत संरचना, नीति तथा रणनीतिमा सहायतालाई प्रभावकारी एवं नतिजामुखी बनाउन परिचालन र प्रयोग गर्नुपर्ने बताएको छ । 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको विकास सहायता मूल्याङ्कनसम्बन्धी प्रतिवेदनले एकीकृत राष्ट्रिय वित्तीय संरचना (आइएनएफएफ)को नमुनाअनुसार नीति तथा संस्थाबीचको सामञ्जस्यता, सहजीकरण तथा नतिजाका लागि स्पष्ट लक्ष्य र विशिष्ट वित्तीय रणनीतिमा जोड दिएको छ । 

त्यसैगरी, सरकारले प्रयोग गरेका विभिन्न प्रकारका सहायता परिचालनका विशेष वित्तीय नीति, नियमन तथा मूल्याङ्कन संरचना तथा जवाफदेहिता तथा संवादका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


दिक्तेल रुपाकोटको बजेट करिब रु ६९ करोड
दिक्तेल रुपाकोटको बजेट करिब रु ६९ करोड

खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ ।  नगरपालिकाको..

मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्चमा पर्‍याे रिट, के छ यी बुँदामा ?
मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्चमा पर्‍याे रिट, के छ यी बुँदामा ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले अागामी अार्थिक वर्षकाे लागि ल्याएकाे मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ। उक्त बुँदा अन्तरगत रहेकाे नेपाली मुद्..

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर
इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ  ।  उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ ।&nbsp..

दोहोरो अंकले घट्यो शेयर बजार
दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।&nbs..