‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’


नेपाल पाना प्रकाशित: २०७५-९-१० गते 11:54:12 AM
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी

पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्ता लगाउन नसक्दा प्रहरीको क्षमतामाथि नै प्रश्न उठेको छ । अरु धेरै राम्रा काम गर्दा गर्दै पनि निर्मला पन्त प्रकरणले त्यस्ता राम्रा कामलाई ओझेलमा पारेको छ । निर्मला पन्त प्रकरणको अनुसन्धान लगायत नेपाल प्रहरीको समग्र भूमिकाका बारेमा ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला प्रकरणमा नेपाल प्रहरी किन पूर्ण असफल भयो ?
यसलाई पूर्ण असफल भन्न मिल्दैन । नेपाल प्रहरीले हरेक घटनामा दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रयास गर्दै आएको छ । धेरै घटनामा हामी सफल भएका छौँ । तर निर्मला पन्त प्रकरणमा भने ढिला भएको हो ।

निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गर्न सक्नुहुन्छ ?
हामीले अहिलेसम्मको अवधिमा पनि धेरै प्रयास गरेका थियौँ । अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रयास जारी छ । अहिलेसम्मको प्रयास प्रयासमै सिमित छ । तर हामी दोषीलाई पक्राउ गरेरै छाड्छौँ ।

कहिलेसम्म पक्राउ गर्न सक्नुहुन्छ ?
यो अनुसन्धानको पाटो हो । मिति घोषणा गर्न सकिदैन । हामीले विभिन्न कोणबाट उक्त घटनाको अनुसन्धान गरिरहेका छाँै । नतिजा नआउञ्जेल अनुसन्धान जारी रहन्छ ।

अनुसन्धानका लागि समितिहरु बनाइयो । तर सत्य तथ्य फेला पर्न सकेन । किन ?
नतिजा नआउन्जेलसम्मको कुरा हो यो । तर अपराधी पत्ता लागेपछि सबैले गरेको काम देखिन्छ । चाँडोभन्दा चाँडो अपराधी पत्ता लाग्छ भन्ने विश्वास लिएका छौँ ।

यो घटनाले त नेपाली प्रहरी नै असफल भयो भन्ने टिप्पणी सुरु भएको छ नि ?
तत्काल घटनास्थलमा खटिएका प्रहरीले लापरबाही गरेकै हो । त्यसैले अनुसन्धान लम्बिएको हो । तर पनि नेपाल प्रहरीले हरेस खाएको छैन । अनुसन्धान पूरा गरेरै छाड्छौँ । समग्रमा बलात्कारका घटनामध्ये ९० प्रतिशत अनुसन्धान त सफल भइरहेको छ । कतिपय घटनाका दोषी १०–१५ वर्षपछि पत्ता लागेको इतिहास पनि छन् । यसको मतलब निर्मलाका बलात्कारी १०–१५ वर्षपछि पक्राउ पर्छन भन्न खोजिएको होइन ।

यो घटनाका कारण नेपाल प्रहरीको छवीमा कालो दाग लाग्यो भन्नेहरु पनि छन् नि ?
त्यसो होइन । नेपाल प्रहरीलाई विश्वास गर्नुपर्छ । एउटै घटनाका कारण व्याख्या गर्नु हुँदैन । अहिले पनि अरु घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर मुद्धा चलाइरहेका छौँ । निर्मलाको न्यायका लागि हामी पनि धेरै चिन्तित छौँ । कुनै घटनामा यस्तो हुँदोरहेछ । तर धैर्य गर्नुपर्छ ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले नै गल्ती स्वीकार गर्नुभयो हैन ?
आइजीसावले कर्मचारीले गरेको गल्तीको जिम्मेवारी लिनुभएको हो । गलत गरेको कुरालाई स्वीकार मात्रै होइन, त्यस्ता कर्मचारीलाई कारबाही पनि गरिसक्यौँ ।

प्रहरीले प्रमाण नष्ट गरेकै कारण अपराधी पत्ता नलागेको हो ? कुनै पनि प्रमाण र अधार छैन ?
घटनामा खटिएका कर्मचारीले लापरबाही गरेकै हुन् । उनीहरुले गरेको लापरबाहीको सजायँ हामीले पनि भोगिरहेका छौँ । तर सबै प्रमाण नष्ट भएको छैन । म सबैलाई निश्चिन्त भएर केही समय पर्खिन आग्रह गर्छु ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव
संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव

काठमाडाैं । युवा नेता तथा पर्सा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव नेपाली राजनीतिमा एक चम्किला तारा जस्तै उदयीमान नेताका रुपमा चिनिन्छन् । ..

हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 
हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलि..

आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल
आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल

सरकारको गति शून्य भइरहेको भन्ने टिप्पणी सार्वजनिक रुपमै उठ्न थालेको बेला नेकपा भित्रै आन्तरिक विवादले चरम रुप लिएको छ । पार्टीमा प्रधानमन्त्री केपी शर्मा आेलीको प्रवृति हावी भ..