ट्राफिक कारबाहीबाट ५ महीनामा १२ करोड राजश्व सङ्कलन


प्रकाशित: २०७५-९-१४ गते 01:08:45 PM
ट्राफिक कारबाहीबाट ५ महीनामा १२ करोड राजश्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महीनामा  महानगरीय ट्राफिक प्रहरी महाशाखाले १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ । 

मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट महाशाखाले  राजश्व सङ्कलन गरेको हो । 

महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४/७६ मा २९ करोड ३१ लाख ४५ हजार, आव २०७३/७४ मा ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो । 

ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जानकारी दिए । उनले भने ‘सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो’ । 

महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरेको हो । 

महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार ९२२ सवारी चालकलाई कारवाही गरेको छ । जसमा दुई लाख ८६ हजार ९२२ पुरुष र एक हजार ६०२ महिला रहेका छन् । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





आज विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्
आज विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । सोमबार ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैय..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १२४&n..

हरेक नेपालीको थाप्लोमा ३३ हजार ऋण
हरेक नेपालीको थाप्लोमा ३३ हजार ऋण

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५/०७६ को पहिलो ८ महिनासम्म देशक..

जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि
जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि

जनकपुरधाम । प्रदेश २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयम..