घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ खुल्यो


नेपालपाना प्रकाशित: २०७५-९-१९ गते 10:13:59 AM
घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ खुल्यो

काठमाडौं : म्याग्दीको घलेम्दी खोलामा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी हाइड्रो लिमिटेडले आजदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ बिक्री खुला गरेको छ ।

घलेम्दीको आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक भिवोर क्यापिटलले जानकारी दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले घलेम्दीको शेयरलाइ कमजोर सूचक जनाउने 'ग्रेड ५' रेटिङ गरिदिएको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएकोमध्ये बिक्न बाँकी ४ लाख ५५ हजार ७७० कित्ता शेयरसमेत जोडेर आइपीओ निष्काशन गर्न लागेको हो । पुस २३ गतेभित्र निर्धारित कित्ता आइपीओ नबिकेमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । 

कुल कित्तामध्ये २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र ५५ हार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको घलेम्दीले जानकारी दिएको छ । सी–आस्वा प्रणालीबाट यो कम्पनीको शेयर भर्न सकिन्छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैस..

आज सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा ४ सय रुपैयाले बढेको छ । आइतबार सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भा..

मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड
मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड

काठमाडाैं । नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले..

आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज प्रती तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार..