अजिब जिन्दगीमा गजब तमाशा : प्रेमका लागि आत्महत्या गरेका बलिउडका ७ अभिनेत्री


नेपाल पाना प्रकाशित: २०७५-९-१९ गते 10:51:53 AM
अजिब जिन्दगीमा गजब तमाशा : प्रेमका लागि आत्महत्या गरेका बलिउडका ७ अभिनेत्री

एजेन्सी । हेर्दा जस्तो देखिन्छ यो जिन्दगी वास्तविकतामा त्यस्तो हुदैँन ।  यसका हजारौँ रङ हुन्छन् । बाहिर देख्दा चम्किरहनेहरु भित्र–भित्रै खोक्रो र निभेका अध्यारा मन बोकेर बाँचिरहेका हुन्छन् । 

‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय अभिनेत्रीको ‘रियल लाइफ’ मा अध्यारो सिवाय केहि हुँदैन । देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ । 

दर्शक र प्रशंसककाबिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोजेका थिए । प्रेमसम्बन्धमा दरार आएपछि र सम्बन्धले बाहिर चर्चा पाउन थालेपछि उनीहरुले संंसार त्यागेका थिए । 

चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत शरीर पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रेमीबाट धोका पाएपछि उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

उनी जस्तै अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्राण त्यागेकी थिइन् । अभिनेता सुजर पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ । 

प्रेम सम्बन्धकै कारण संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् । प्रेम सम्बन्ध टुक्रिएपछि उनले ५ तले भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ । 

बलिउडमा आत्महत्या गरेर संसार त्याग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

एक्लोपन र डिप्रेसनको सिकारबाट पीडित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिक लागुपदार्थको सेवनका कारण उनको मृत्यु भयो ।

त्यसैगरी, अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झुन्डिएको अवस्थामा फेला पारिएको थियो । प्रेममा धोका पाएका कारण आत्महत्या गरेकी पुलिस रिर्पोटमा उल्लेख छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





आँचलले मञ्जिललाई ‘घाममा सुकाईदेउ’ भनेपछि... (भिडियोसहित)
आँचलले मञ्जिललाई ‘घाममा सुकाईदेउ’ भनेपछि... (भिडियोसहित)

काठमाडौं । अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेतको अभिनय रहेको रोमान्टिक भिडियो ‘घाममा सुकाईदेउ’ सार्वजनिक भएको छ । भिडियो टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा तय..

पल र आँचलको ‘के नै छ र’ (हेर्नुस् भिडियो)
पल र आँचलको ‘के नै छ र’ (हेर्नुस् भिडियो)

काठमाडौँ । ‘के नै छ र’ गीतको भिडियोमा पल शाह र आँचल शर्मा एकैसाथ देखिएका छन् । यो डान्सिङ नम्बर गीतमा प्रताप दासको एकल आवाज रहेको छ । प्रदिप चौलागाईंले लेखेका ग..

सबैलाई  निमन्त्रणा ‘भ्यालेन्टाइन डेमा वर्षा र संजोगको बिहे हुने’ (निमन्त्रण कार्डसहित)
सबैलाई निमन्त्रणा ‘भ्यालेन्टाइन डेमा वर्षा र संजोगको बिहे हुने’ (निमन्त्रण कार्डसहित)

काठमाण्डौ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह कहिले ? भन्ने प्रश्न पनि बेला–बेला..

‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) 
‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) 

काठमाडौं । गायिका निशु ढकालको ‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा नविन के तिमल्सिनाको शब्द तथा संगीत रहेको छ । समारिका, पुजा, किशो..