क्रिश्चियनको एजेन्ट बनेको भन्दै कांग्रेसले संसदमै माधवको धज्जी उडायो, विपीदेखि देउवा पनि मुछिए


नेपाल पाना प्रकाशित: २०७५-९-२३ गते 06:28:20 PM
क्रिश्चियनको एजेन्ट बनेको भन्दै कांग्रेसले संसदमै माधवको धज्जी उडायो, विपीदेखि देउवा पनि मुछिए

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्। यतिमात्रै होइन उनले क्रिश्चियनले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा विपी कोइरालादेखि अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासम्म उपस्थित भएको जिकिर गरे। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ दलकै वरिष्ठ नेताले कुनै धर्म विशेष संस्थाको कार्यक्रमको ठेक्का लिएको भन्दै संसदीय समितिमा विरोध जनाएपछि नेता नेपालले कांग्रेस नेतालाई मुछेका हुन्। 

साथै नेता नेपालले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ  र सहयोग जुटाउन आफू एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएको प्रष्ट पारे।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद क्रिश्चियन संस्था युनिफिकेसनले आयोजना गरेको ‘एसिया प्यासिफिक समिट’बारे छलफल भएको थियो। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले नेता नेपाल नेपालतर्फको संयोजक बनेको भन्दै यो विषयमा आपत्ति जनाएपछि जवाफमा नेता नेपालले देशलाई विश्वमा चिनाउन आफू सो सम्मेलनमा सहभागी भएको दाबी गरे। सम्मेलनमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको उनको आरोप थियो।

नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका साथ हेरेको बताउँदै एसिया प्यासिफिक सम्मेलन पहिलो पटक सहभागी हुने नेता विपी कोइराला भएको उल्लेख गरे। सम्मेलनमा कांग्रेस नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवासम्म सहभागी भएको उनको भनाई थियो। आफ्ना नेता सहभागी हुँदा विवाद नगर्ने तर म माथि प्रहार गर्ने भन्दै उनी संसदीय समितिमा रिसाएका थिए। 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





बाँकेबाट विप्लवका कार्यकर्ता धमाधम हराउँदै
बाँकेबाट विप्लवका कार्यकर्ता धमाधम हराउँदै

नेपालगन्ज । गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द ९विप्लव० नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित..

पूर्वराजा र भारतीय राजदूत पुरीको गोप्य भेटले कम्युनिष्ट सरकारमा ठुलै हलचल, अब के गर्लान ओली?
पूर्वराजा र भारतीय राजदूत पुरीको गोप्य भेटले कम्युनिष्ट सरकारमा ठुलै हलचल, अब के गर्लान ओली?

काठमाडाैँ । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी र पूर्वराजा ज्ञानेन्द्रबीच गोप्य भेटवार्ता भएको छ। बालुवाटार स्रोतका अनुसार उक्त भेटवार्तालाई प्रधानमन्त्री केपी शर्मा..

प्रतिबन्धित नेकपा नेताहरु प्रहरीबाट बच्न चाले यस्तो कदम, विप्लव–प्रकाण्डलाई लाग्यो झट्का!
प्रतिबन्धित नेकपा नेताहरु प्रहरीबाट बच्न चाले यस्तो कदम, विप्लव–प्रकाण्डलाई लाग्यो झट्का!

काठमाडाैँ । विध्वंशकारी गतिविधि गर्दै हिड्नेमाथि गृहमन्त्री रामबहादुर थापाले प्रहरी युनिटलाई कारवाही गर्न कडा निर्देशन दिएका छन्। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द &nbs..

सांसद कोष दुरुपयोग गर्ने पूर्व कानुनमन्त्री तामाङ विरुद्ध मुद्दा, अदालतले गर्यो यस्तोे सुनवाइ
सांसद कोष दुरुपयोग गर्ने पूर्व कानुनमन्त्री तामाङ विरुद्ध मुद्दा, अदालतले गर्यो यस्तोे सुनवाइ

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टीका नेता तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङविरुद्ध सांसद कोष दुरुपयोग गरेको भन्दै मुद्दा दर्ता भएको छ। सांसद पद व..