उत्तर कोरियाका शासक किम रेल चढेर चीन जाँदै


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते 09:15:15 AM
उत्तर कोरियाका शासक किम रेल चढेर चीन जाँदै

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीन पुगेका छन् । चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा किम चीन गएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सोमबार किम चीन भ्रमणमा निस्केको पुष्टि गरेको हो । केसीएनएलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सम्भवतः किम रेलमार्फत चीनतर्फ गइरहेका छन् । यसअघि पनि किम रेल चढेरै चीन पुगेका थिए ।

श्रीमती री सोल जुलाई समेत साथमै लगेका किम ७ देखि १० जनवरीसम्म चीनमा रहने छन् । पछिल्लो समय किमले महत्त्वपूर्ण निर्णय लिनुअघि चीन भ्रमण गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नेता मुन जेई इनसँग भेट्नुअघि पनि किमले चीन भ्रमण गरेका थिए ।

किम(ट्रम्प तथा दक्षिण कोरियाका नेताबीच शिखर वार्ता हुने रिपोर्ट आइरहेका बेला किम फेरि चीन पुगेका छन् । दुईबीचको छलफलको मुख्य एजेन्डा यही शिखर बैठक हुने अनुमान गरिएको छ । चीन उत्तर कोरियाको मुख्य कूटनीतिक सहयोगी हो । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





नर्वेको तटीय इलाकामा पानीजहाजबाट हजाराैँको उद्धार
नर्वेको तटीय इलाकामा पानीजहाजबाट हजाराैँको उद्धार

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएक..

६.३ म्याग्नीच्युडको भूकम्प
६.३ म्याग्नीच्युडको भूकम्प

जाकार्ता - इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन..

आमाकाे हर्कत लज्जास्पद ! डेटिङमा समस्या आएपछि छोरी बेचिन् !
आमाकाे हर्कत लज्जास्पद ! डेटिङमा समस्या आएपछि छोरी बेचिन् !

काठमाडौं । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएको भन्दै रुसी एक महिलाले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिल..

चीनको रासायनिक कारखाना विस्फोट  : मृत्यु हुनेको संख्या ६४ पुग्यो
चीनको रासायनिक कारखाना विस्फोट : मृत्यु हुनेको संख्या ६४ पुग्यो

बेइजिङ -पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ।  स्थानीय समयानुसार बिहीवार अपराह्न २..