गगनलाई धन्यवाद दिँदै डा. केसीले ओली, प्रचण्ड र नारायणकाजीलाई दिए यस्तो चेतावनी


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते 11:51:50 AM
गगनलाई धन्यवाद दिँदै डा. केसीले ओली, प्रचण्ड र नारायणकाजीलाई दिए यस्तो चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सम्झौता अक्षरशः जे लेखेको छ, त्यो उल्लेख नभए सरकारसँग लड्ने चेतावनी दिएका छन्। 

उनले कम्युनिस्ट र कांग्रेस सांसदहरु (जनप्रतिनिधि) माफिया र दलालको पक्षमा लागेर जनतालाई धोका दिइरहेको आरोप लगाए। सरकारी मेडिकल कलेज खोलेर जनतालाई सहज सेवा उपलब्ध गराउन पहल गर्नुपर्नेमा माफियाको पक्षमा लागेर निजीकरण गर्न खोजेको उनको आरोप छ। साम्यवादी र समाजवादीले जनताको पक्षमा लड्नुपर्नेमा आफूहरुले लड्नुपरेको भन्दै जनप्रतिनिधि नै जनतामारा भएको उल्लेख गरे। 

‘ओलीजीकै सरकारसँग सम्झौता गरेको हो हामीले। फेरि त्यसलाई तोडमोड गर्ने र फेरि समितिमा पठाउने रु त्यसकारण बहुमतको आँडमा जनता मार्ने निर्णय गरे। बहुमतले विद्यार्थी मार्ने निर्णय गरे’, उनले भने, ‘म के भन्छु भने सम्झौतामा अक्षरशः जे लेखेको छ, त्यो हुँदैन भने म बस्छु। त्यसपछि हेरौं। ओलीजी, प्रचण्डजी र अर्को नारायणकाजीजी हेर्नुहोस्, म चेतावनी दिन्छु। तपाईका कार्यकर्ताहरुलाई ठीक गर्नोस्। र, हामीसँग सम्झौता गरेको एक शब्द पनि चेञ्ज नगरिकन ऐन आउनुपर्छ।’ 

डा. केसीले कांग्रेस नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई भने धन्यवाद दिए। गगनले मन्त्री हुँदा स्वास्थ्य सेवामा सुधारका कामहरु गरेको, ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेको र अहिले आएर पनि उनले एक्लै भए पनि लडिराखेको प्रशंसा गरे। 

‘म गगन थापालाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस्तो नेता चाहिन्छ । गगन थापालाई प्रशंसा ग¥यो भनेर माओवादी एमालेका नेताहरुले मलाई गाली गर्थे रे । देखिहाल्नुभो नि के गरे यिनीहरुले रु माफिया पोस्ने काम गरे । जनतालाई लात मारे’, उनले भने, ‘उनले मन्त्री हुँदा पनि स्वास्थ्य सेवामा सुधारका कामहरु गरे । ग्रामीण भेगमा पनि सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेका थिए, अहिले आएर पनि उनले लडिराखेका छन् । एक्लै भए पनि लडे । तपाईहरुले बुझ्नुहोस, संसदमा कतिजना सांसद छन् रु त्यसमा कतिजनाचाहिँ लड्नेखालका रहेछन् त ? लु भन्नुहोस् त तपाईहरुले।’



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै
'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै

काठमाडाैं । वि.सं. २०६९ सालमा सिंचाइ मन्त्री हुँदा कर्मचारीको सरूवा र बढुवामा 'प्रिपेड घुस' खाएको आरोप खेपेका महेन्द्र यादवलाइ राजपाले संयोजक बनाउने भएको छ ।&nbsp..

डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने
डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने

काठमाडौं - सरकारले पूर्व सहमति विपरीत चिकित्सा विधेयक संसदीय संसदीय समितिद्धारा पारित गराएपछि आमरण अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ। डा. केसीका एक सहयो..

‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत
‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत

घोराही । वर्तमान कम्युनिस्ट सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् । नेपाल प्रेस युनियन..

नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने
नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने

काठमाण्डौ । नेपालबाट कामदार लैजाने विषयमा बुधबार जापानी प्रतिनिधिसँग भएको औपचारिक छलफलमा नयाँ व्यवस्था अनुसार जापानमा काम गर्न पाउने वातावरण बनाउन थप गृहकार्य गर्ने सहमति भएको..