गगनकै लाइनमा आयो राजपाः अब संसद घेर्ने, ओली सरकारलाई सबक सिकाउने


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते 12:17:57 PM
गगनकै लाइनमा आयो राजपाः अब संसद घेर्ने, ओली सरकारलाई सबक सिकाउने

काठमाडौं– आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रतिपक्षलाई बोल्न नदिनु सत्तापक्ष र सभामुखको गम्भीर गल्ती भएको निष्कर्ष निकालेको छ। 

उसले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दलले बोल्न पाउने अधिकार खोसेर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको निष्कर्ष निकालेको हो। 

राजपा अध्यक्ष मण्डलका शीर्ष नेता अनिलकुमार झाले आफ्नो पार्टीको धारणा पत्रकारहरुमाझ राख्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको बताए।

संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको स्पष्ट पारे।

अब संसद घेर्ने, सरकारको साथ छोड्ने

राजपा नेता झाले आफ्नो पार्टी अब सरकारविरुद्ध चुप लागेर नबस्ने बताए। संसदमा बोल्दा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा कुनै धारण नराखेकोमा असन्तुष्टि जनाउँदै उनले यो विषयमा पार्टीमा गम्भीर छलफल गरेर कडा कदम चालिने बताए। 

‘हाम्रो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, संसद पनि घेर्छाैं’, उनले भने। 

आइतवारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्न उठाउन नदिएपछि कांग्रेस नेता गगन थापाले सभामुख पार्टीको कार्यकर्ताजस्तो व्यवहार देखाएको टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्रीको सम्बोधनमा धेरै तथ्यभन्दा बाहिर कुरा आएको र यसले सार्वभौम संसदलाई गुमराहमा राखेको भन्दै सत्य बोल्न खोज्दा समय नदिएको गुनासो गरेका थिए।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर
राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ – मुस्लिम आयोगको अध्यक्षमा विवादित व्यक्तिलाई कानुुन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध रिट दायर भएको छ।  मुस्लिम आ..

सरकारबाट समर्थन फिर्ता लिएको राजपाले प्रधानमन्त्रीमाथि लगायो यस्तो गम्भीर आरोप
सरकारबाट समर्थन फिर्ता लिएको राजपाले प्रधानमन्त्रीमाथि लगायो यस्तो गम्भीर आरोप

काठमाडाै ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भमा एकाधिकार जमाउन खोेजेको राजपा नेपालले आरोप लगाएको छ। आइतबार..

ओलीले गलत तथ्याङ पेश गरे 
ओलीले गलत तथ्याङ पेश गरे 

काठमाडौँ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्याङ्कमात्र प्रस्तुत गरेको आरोप लगाएका छन्। राष्ट्रियसभ..

दुई तिहाईको दम्भमा संसदीय समितिको यस्तो उधम, प्रमाणसहित रिट परेपछि मुस्लिम आयोगमा उथलपुथल
दुई तिहाईको दम्भमा संसदीय समितिको यस्तो उधम, प्रमाणसहित रिट परेपछि मुस्लिम आयोगमा उथलपुथल

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र राजपा नेपालका सांसदहरु रहेका संसदीय सुनवाई विशेष समितिले दुई तिहाईको दम्भमा विवादित व्यक्तिलाई मुस्लिम आयोगको अध्यक्ष बनाएको..