एकैचोटी ‘फ्लप’ भए बलिउडका तीन खान !


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते 12:39:10 PM
एकैचोटी ‘फ्लप’ भए बलिउडका तीन खान !

काठमाडौं । सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा मज्जाले भाइरल भयो । कमाईको कुरा गर्नुपर्दा फिल्मको पूरा कमाई भारु १६६.४० करोड रह्यो ।

सलमानपछि आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान का साथ पर्दामा आए तर दर्शकको अपेक्षा गरेअनुसार राम्रो हुन सकेन । बक्स अफिसरमा यो फिल्मले १५१.१९ करोडमात्र कमाउन सक्यो । वर्षको अन्त्यमा शाहरुख खान आए । उनको फिल्म ‘जिरो’ सँग दर्शकले निकै आशा गरेका थिए । तर फिल्मले दर्शकलाई प्रभावित गर्न सकेन । फिल्म अहिलेसम्म हलमा त छ तर कमाईको कुरा गर्नुपर्दा यसले अहिलेसम्म सय करोडको आँकडा पार गर्न सकेन । ‘जिरो’ ले अहिलेसम्म ८८.८५ करोडको कलेक्शन गरेको छ ।

यी तीनै फिल्म इद, दिवाली र क्रिसमसजस्ता छुट्टीको मौसममा रिलिज भएका थिए । तरपनि दर्शकलाई थिएटर्ससम्म तान्न असफल रह्यो । पछिल्लो १२ वर्षमा पहिलो पटक जब खान्सको फिल्म बक्स अफिसमा हिट हुन सकेन । यसअघि सन् २००६ मा धुम टु (८१ करोड), लगे रहो मुन्ना भाइ (७५ करोड), कृष (७२ करोड) ले बाजी मारेको थियो । यो वर्ष पनि यी तीनै खान शीष रेसबाट बाहिर छन् ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह
नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह

काठमाडौँ । नेपाली युवकले एक बलिउड नायिकासँग विवाह गर्न लागेका छन्। नेपाली युवक रोहन श्रेष्ठले बलिउडकी ‘आसिकी गर्ल’ श्रद्धा कपुरले आउँदो वर्ष आफ्ना बिहे गर्न ल..

लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा
लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा

काठमाडाैँ । दक्षिण कोरियाली पप स्टार जङ जुन–योङ यौनकाण्डको आरोपमा पक्राउ परेको छन्।महिलालाई जानकार नभई खिचिएको यौनतालाई पश्रय दिने भिडियो योङले सेयर गरेको दक्षिण कोरियाक..

‘ए मेरो हजुर’को ‘परान’ सार्वजनिक (भिडियोसहित)
‘ए मेरो हजुर’को ‘परान’ सार्वजनिक (भिडियोसहित)

विराटनगर । फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक भएको छ । नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको गीत सार्वजन..

‘पीएम नरेन्द्र मोदी’को दमदार ट्रेलर सार्वजनिक (भिडियोसहित)
‘पीएम नरेन्द्र मोदी’को दमदार ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ‘पीएम नरेन्द्र मोदी’ नाम दिइएको सो फिल्मको ट्रेलर बुधबार युटुबमा सार्वजनि..