१२ महिलासहित २०० नेपाली युएई कारागारमा 


रासस प्रकाशित: २०७५-९-२४ गते 03:09:51 PM
१२ महिलासहित २०० नेपाली युएई कारागारमा 

काठमाडौं । मापसेका कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स ९युएई० मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । 

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । 

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् । 

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । 

दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ । 

रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक÷एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





चीनको रासायनिक कारखाना विस्फोट  : मृत्यु हुनेको संख्या ६४ पुग्यो
चीनको रासायनिक कारखाना विस्फोट : मृत्यु हुनेको संख्या ६४ पुग्यो

बेइजिङ -पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ।  स्थानीय समयानुसार बिहीवार अपराह्न २..

शक्तिको दुरुपयोग गरेको आरोपमा पूर्व राष्ट्रपतिलाई २१ वर्षको जेल सजाय
शक्तिको दुरुपयोग गरेको आरोपमा पूर्व राष्ट्रपतिलाई २१ वर्षको जेल सजाय

पानामा । गोपनीयता भंग गरेको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोगमा पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्..

२ बस आपसमा ठोक्किँयौ,  ६० जनाको मृत्यु
२ बस आपसमा ठोक्किँयौ,  ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक घानामा २ वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बत..

पाँच मस्जिदमा हिंस्रक आक्रमण
पाँच मस्जिदमा हिंस्रक आक्रमण

बेलायत । पाँच मस्जिदमा हिंस्रक आक्रमणम भएको छ । बेलायतको बर्मिंघम शहरमा बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ ।  म..