२० हजार कर्मचारीले समायोजन फारम भरेको सरकारी दाबी


नेपालपाना प्रकाशित: २०७५-९-२५ गते 08:18:12 AM
२० हजार कर्मचारीले समायोजन फारम भरेको सरकारी दाबी

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले अनलाइनबाटै फारम भर्ने कामले तीब्रता पाएको छ । नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार मंगलबारसम्म २० हजार भन्दा बढी कर्मचारीले फाराम भरिसकेका छन । यस्तै २४ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरेपनि अभिलेखीकरण गर्न बाँकी रहेको छ । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । सोही प्रावधानलाई टेकेर कर्मचारीले फारम भर्न शुरु गरेका थिए । मन्त्री पण्डितका अनुसार समायोजन फाराम भर्न दिएको अवधि २१ दिनभित्र फारम नभर्ने कर्मचारीलाई सरकार स्वयंले खटाउने भएको छ ।

निजामती सेवामा प्रवेश गर्ने बेला राखेको नागरिकताको ठेगानाको आधारमा सरकारले कर्मचारी खटाउने भएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





ठूला विमानस्थल तोकिएकै समयमा बन्ने सम्भावना बढ्यो
ठूला विमानस्थल तोकिएकै समयमा बन्ने सम्भावना बढ्यो

काठमाडौँ ।अन्तर्राष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न..

हेमन्तप्रकाश ओली हतियारसहित पक्राउ परेको खुलाशा
हेमन्तप्रकाश ओली हतियारसहित पक्राउ परेको खुलाशा

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर एवं पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोल..

बालबालिकामाथि आफन्तबाटै किन भईरहेको छ बलात्कार ?
बालबालिकामाथि आफन्तबाटै किन भईरहेको छ बलात्कार ?

काठमाडौंँ । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबा..

राजपालाई फोरमको दुईवटा 'लभलेटर', एउटाको मात्रै जवाफ
राजपालाई फोरमको दुईवटा 'लभलेटर', एउटाको मात्रै जवाफ

काठमाडौं । राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ । सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव र..