ठूला अस्पताल संघीय सरकार मातहत रहने


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते 11:35:07 AM
ठूला अस्पताल संघीय सरकार मातहत रहने

काठमाडौं। देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकामा अब संघीय सरकार मातहतमा रहने निर्णय गरेको हो ।  

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने बताएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये केही विकास समितिहरू संघअन्तर्गत रहने गरी निर्णय भएको बाँस्कोटाले बताए । काठमाडौंस्थित कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछ ।

यसैगरी, ललितपुरस्थित मानसिक अस्पताल, काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र संघ मातहतमा रहने मन्त्री बाँस्कोटाले बताए ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





आजको बैठकमा प्रधानमन्त्रीलाई ठाडै प्रश्न
आजको बैठकमा प्रधानमन्त्रीलाई ठाडै प्रश्न

काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएको छ ।  बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सां..

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव
केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

इलाम । विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा। गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। नागरिक दैनिकमा खबर छापिएको छ । धरान..

हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ
हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ

काठमाडौँ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिल..

सिन्डिकेटधारी गाडीवालाको पैसा खानेहरू समस्यामा, प्रधानमन्त्री नै गले, ‘टुटल’ र ‘पठाओ’लाई नरोक्न निर्देशन
सिन्डिकेटधारी गाडीवालाको पैसा खानेहरू समस्यामा, प्रधानमन्त्री नै गले, ‘टुटल’ र ‘पठाओ’लाई नरोक्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । कान..