सस्तोमा पाउरोटी माग्दा सुडानमा २२ जना मारिए


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते 10:55:20 AM
सस्तोमा पाउरोटी माग्दा सुडानमा २२ जना मारिए

काठमाडौं । सुडानी जनताले पाउरोटीमा बढेको मूल्य फिर्ता गराउन गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा २२ जना मारिएका छन् । घाइते प्रदर्शनकारीलाइ राखिएको अस्पतालमा समेत प्रहरीले अश्रुयाँस, गोली र अन्य हतियार प्रयोग गरि मानिस मारेको बताइएको छ । 

राजधानी खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएका हुन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ ।

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् ।

गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यसैगरी, चिकित्सकहरूद्धारा प्रकाशित विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूले अन्य असी जना पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको जनाएका छन् ।

अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ । केहि घण्टासम्म इन्टरनेट पनि बन्द थियो ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते
कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटा शहरको दक्षिणी भागमा कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट..

हुवावे कम्पनी विरुद्ध अमेरिकी अधिकारीले अनुसन्धान गर्ने
हुवावे कम्पनी विरुद्ध अमेरिकी अधिकारीले अनुसन्धान गर्ने

वासिङटन । चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध अमेरिकी अधिकारीहरुले  फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।&nbsp..

राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु
राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु

केन्या । केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रस..

लोग्नेलाई सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !
लोग्नेलाई सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !

इटली । युरोपेली मुलुक इटलीमा अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन्..