नेकपाको जनसभा सम्पन्न, जनयुद्धका सहिद परिवारलाई सम्मान


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते 11:56:07 AM
नेकपाको जनसभा सम्पन्न, जनयुद्धका सहिद परिवारलाई सम्मान

अछाम । अछामका चार स्थानमा नेपाल कम्युनिस्ट पार्टीले जनसभा तथा साँस्कृतिक कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन, रामोरोशन गाउँपालिकाको मुझाबगर, चौरपाटी र कमलबजारमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

नेकपा अछामले अभियानात्मक रुपमा जिल्लाका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम हेर्न स्थानीको बाक्लो उपस्थिति थियो । सामाना कलाकारको प्रस्तृतिले उनीहरुलाई जनयुद्ध कालको झल्को मिलेको स्थानीयले बताउँछन् ।

नेकपा अछामाका आयोजनामा पुस २२ गते मंगलसेन, २३ गते कमलबजार, २४ गते मुझाबजर र २५ गते चौरपाटीमा जनसभा सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना, सेती ब्यूरो कार्यालय डबल बहादुर शाह, अछाम जिल्ला इन्चार्ज शेरबहादुर बिक, डोटी इन्चार्ज शिखर, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य सज्जन धामि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष अनुकुल, अखिल नेपाल किसाना संगठनका पश्चिम कमाण्ड ईन्चार्ज कालीबहादुर शाही,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य झलक बिक, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य पवित्रालगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य तिमिल्सिनाले जनताले पूर्ण रुपमा अधिकार नपाएको बताउँदै सिमित उपलब्धीलाई केही नेताहरुका नातागोताको भरणपोशषमा उपयोग गरेको बताए । उनले जनयुद्धमा गरिएको त्याग र बलिदानमा केही नेताहरुले धोका दिएर दलाल संसदीय व्यवस्थामा सिमित गरेको बताए ।

वर्तमान सरकार भ्रष्ट, दलाल र तस्करको संरक्षणमा लागेको भन्दै त्यसबाट जनताको अधिकारी र सुरक्षाको कुनै ग्यारेण्टी नभएको तिमिल्सिनाले गरे । आफ्नो पार्टी जनयुद्ध र जनआन्दोलनमा गरिएको प्रतिवद्धताबाट पछि नहटेको भन्दै केन्द्रीय सदस्य तिमिल्सिनाले एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । त्यसको लागि अछामी जनतालाई एक पटक साथ दिन अपील पनि गरे ।

कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद
जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद

काठमाडौं । चाबहिलबाट चक्रपथ छाडेर बाैद्धतर्फ लागेपछि साँखुसम्म नै जुवाको अवैध धन्दा हुने गरेको छ । पटक-पटक जुवाखालमा छापा मार्दा प्रहरी नै विवादित बनेपनि अझैसम्म सो क्षेत्रमा..

६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी
६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी

काठमाडाैं । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेगरि ६ वटा मिडियाले समाचार प्रकाशन/प्रसारण गरिरहेको बताएका छन् ।  हिंसाला..

एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार
एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार

काठमाडौं । चालु शैक्षिक शत्रको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको माध्यमिक शिक्षा परीक्षा (एसइई) केहीबेरमा शुरू हुँदैछ । आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने परीक्षामा..

नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक
नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक

बिदुर । आइतबार १ सय १७ वर्ष उमेर पुगेकी बाटुली लामिछाने विश्वकै सबैभन्दा जेष्ठ नागरिक भएको दाबी गरिएको छ ।  नुवाकोटको शिवपुरी गाउँपालिका-८ की लामिछानेको नागरिकता..