‘माओवादीको जस्तो कुर्सी भाच्नुपर्ने र बस जलाउने गरे मात्रै प्रतिपक्षको भूमिका देखिने हो र ?’ 


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते 11:02:20 AM
‘माओवादीको जस्तो कुर्सी भाच्नुपर्ने र बस जलाउने गरे मात्रै प्रतिपक्षको भूमिका देखिने हो र ?’ 

कञ्चनपुर । वर्तमान सरकार संसदीय व्यवस्था नभई कुनै एकदलको जस्तो देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताएका छन् । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सरकारले गर्ने निर्णयहरु नागरिकप्रति उत्तरदायी भएनन् ।

उनले पारदर्शिताको माग भइरहेका बेला वर्तमान सरकारले गरेका निर्णयले सरकार नै अपारदर्शी भएको पुष्टि गरिरहेको बताए । ‘विकास निर्माणका काममा पारदर्शी हुनपर्नेमा ५० अर्बभन्दा बढीका प्रोजेक्टहरुलाई प्रक्रियामा नलगी प्रधानमन्त्रीले आफँै दिन पाउने व्यवस्था आफैँमा अपादर्शी छ’, उनले भने, ‘यसले सरकारले मनोमानी रुपमा नगारिकलाई वास्ता नगरि काम गरिहेको देखाउछ ।’

यस्तै प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको बताए । उनले संसदमा कुर्चि भाचेर वा तोडफोड गरेर मात्रै प्रतिपक्षको भूमिका नदेखिने बताए ।

‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आएकै त छ ।’ उनले भने, ‘के २०४८ सालमा माननीयले गरेजस्तै र्‍यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्सी भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधि गरेर मात्रै भूमिका देखिने हो र ?’



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै
'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै

काठमाडाैं । वि.सं. २०६९ सालमा सिंचाइ मन्त्री हुँदा कर्मचारीको सरूवा र बढुवामा 'प्रिपेड घुस' खाएको आरोप खेपेका महेन्द्र यादवलाइ राजपाले संयोजक बनाउने भएको छ ।&nbsp..

डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने
डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने

काठमाडौं - सरकारले पूर्व सहमति विपरीत चिकित्सा विधेयक संसदीय संसदीय समितिद्धारा पारित गराएपछि आमरण अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ। डा. केसीका एक सहयो..

‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत
‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत

घोराही । वर्तमान कम्युनिस्ट सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् । नेपाल प्रेस युनियन..

नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने
नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने

काठमाण्डौ । नेपालबाट कामदार लैजाने विषयमा बुधबार जापानी प्रतिनिधिसँग भएको औपचारिक छलफलमा नयाँ व्यवस्था अनुसार जापानमा काम गर्न पाउने वातावरण बनाउन थप गृहकार्य गर्ने सहमति भएको..