दुर्इ तिहार्इको दम्भमा ओली सरकारका मन्त्रीहरुको ब्रम्हलुट, राजनीतिक सल्लाहकारलाई राज्यमन्त्री सरहकाे सेवा सुविधा!


नेपालपाना प्रकाशित: २०७५-९-२७ गते 12:18:25 PM
दुर्इ तिहार्इको दम्भमा ओली सरकारका मन्त्रीहरुको ब्रम्हलुट, राजनीतिक सल्लाहकारलाई राज्यमन्त्री सरहकाे सेवा सुविधा!

काठमाडाैँ - सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रदेश सरकारले दुई तिहाइको दम्भमा आफु अनुकुल निर्णय गर्दै राज्यकोषमा ब्रम्हलुट मचाएको छ। पछिल्लो समय गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दुई तिहाइको दम्भमा नियूक्त गरेका स्वकीय सचिव र  राजनीतिक सल्लाहकारलाई सुविधाको ओइरो नै लगाएका छन्।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले भन्दा स्वकीय सचिवहरुले दैनिक भ्रमण भत्ता बापत बढी रकम बुझ्ने गरेका छन्। भ्रमण भत्तामै साढे आठ लाख रूपैयाँ सकिएकाे छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन्।

प्रदेशको राजधानी पोखरा बाहिर आवत जावत गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा छन्। उनले २ लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय छन्। सातै मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली अनुसार अधिकृत तहका स्वकीय सचिव नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार उनीहरुले अधिृकत तहको सुविधा सहित दैनिक भ्रमण भत्ता लिँदै आएका छन्। मुख्यमन्त्रीका स्वकीय सचिव गुरुङले चाहिँ उपसचिव तहको सुविधा लिँदै आएका छन्।

मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार पनि भत्ता बुझेका छन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपालीले  १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। नेपाली भदौ २७ गते मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन्। मन्त्रिपरिषदले उनलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय गरेको थियो।

सुविधा दिन ऐन संशोधन
मन्त्रीहरुका स्वकीय सचिवलाई सुविधा दिनकै लागि मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन एकपटक संशोधन गरिएको छ। संशोधन अगाडिको ऐन अनुसार स्वकीय सचिवहरुले चाडपर्व सहित दैनिक भ्रमण भत्ता नपाउने भएपछि उनीहरुलाई सुविधा दिनको लागि ऐनमा हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





१० दिनदेखि अनसनमा रहेका डा. केसी शिक्षण अस्पतालमा भर्ना
१० दिनदेखि अनसनमा रहेका डा. केसी शिक्षण अस्पतालमा भर्ना

काठमाण्डौ । डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्..

संसदमा ओलीलाई अन्तिम मौका : टुक्का भट्याउने कि सपाट जवाफ दिने ?
संसदमा ओलीलाई अन्तिम मौका : टुक्का भट्याउने कि सपाट जवाफ दिने ?

काठमाडौँ । संसदीय मतका हिसाबले एसियाकै तेस्रो शक्तिशाली सरकार चलाइरहेका, तर घुसखोरी र बदनामीमा रेकर्ड कायम गरिरहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज संसदमा प..

दोलखामा जन्ती बस दुर्घटना, २५ जना घाइते
दोलखामा जन्ती बस दुर्घटना, २५ जना घाइते

चरिकोट । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  मालुको जोगीगाउँमा शुक्रवार बिहान साढे सात..

रन्जु दर्शनालाई जोडेर यस्तो अश्लील समाचार लेख्ने फेरि अर्को पत्रकार पक्राउ
रन्जु दर्शनालाई जोडेर यस्तो अश्लील समाचार लेख्ने फेरि अर्को पत्रकार पक्राउ

विवेकशील–साझा पार्टीबाट छुट्टिएर उज्वल थापा नेतृत्वको समुहमा आएकी नेतृ रञ्जु दर्शानालाई जोडेर भ्रमपूर्ण समाचार लेख्ने फेरि अर्का पत्रकार पक्राउ परेका छन्। अनलाइनमार्फत च..