सुमार्गीको बैंक खाता रोक्का गर्न अदालतको आदेश


नेपालपाना प्रकाशित: २०७५-९-२८ गते 10:48:01 AM
सुमार्गीको बैंक खाता रोक्का गर्न अदालतको आदेश

काठमाडौं – व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको रकम शंकास्पद देखिएकाले उनले निकालेको रकम फिर्ता गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीबाट भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बैंकबाट सुमार्गीले झिकेका रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो।

न्यायाधीश जोशीले खातामा रहेको रकम रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका बेला सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट पैसा निकालेका थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेशसम्बन्धी पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले दिए। ‘सर्वोच्च अदालतको आदेश र पत्र हेरेर मात्र अगाडि बढछौं,’ उनले  भने, ‘पत्रपत्रिकामा आएको समचारलाई लिएर टिप्पणी गर्नुभन्दा अदालतले दिएको आदेशको पत्र पाएपछि मात्र निर्णयमा पुग्नु राम्रो होला।’ श्रेष्ठले अदालतको आदेश नहेरी इन्भेस्टमेन्ट बैंकलाई केही पनि निर्देशन दिन नसकिने बताए।

यो पनि पढ्नुहोस् : 

प्रचण्डलाई अर्को आपत, सुमार्गीले झिकेको पैसा बैंकमै फर्काउन अदालतको आदेश



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव
केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

इलाम । विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा। गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। नागरिक दैनिकमा खबर छापिएको छ । धरान..

हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ
हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ

काठमाडौँ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिल..

सिन्डिकेटधारी गाडीवालाको पैसा खानेहरू समस्यामा, प्रधानमन्त्री नै गले, ‘टुटल’ र ‘पठाओ’लाई नरोक्न निर्देशन
सिन्डिकेटधारी गाडीवालाको पैसा खानेहरू समस्यामा, प्रधानमन्त्री नै गले, ‘टुटल’ र ‘पठाओ’लाई नरोक्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । कान..

मर्यादाक्रममा जनप्रतिनिधि हाबी
मर्यादाक्रममा जनप्रतिनिधि हाबी

काठमाडौँ  । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् ।  कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपत..