अनसनरत डा. केसीविरुद्ध विजय थापाको आमरण अनसन, थापाका माग के नि ?


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते 01:08:54 PM
अनसनरत डा. केसीविरुद्ध विजय थापाको आमरण अनसन, थापाका माग के नि ?

इलाम । स्वास्थ्य सुधारका विभिन्न माग राख्दै १६ औं पटक आमरण अनसन बसेका डा। गोविन्द केसीविरुद्ध अर्का एक सामाजिक अगुवा अनसन बसेका छन् । इलाम पुगेर आमरण अनसन बसेका डा। केसीविरुद्ध खोटाङका विजय थापाले शुक्रबारबाट अनशन शुरु गरेका हुन् ।

डा। केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् भने थापाले उक्त विधयेक पारित गर्दै कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

थपा यसअघि गत बैशाखमा सरकारले गाँसबास कपाससहित निःशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए ।

थापा पनि इलामकै चौक बजारको लाकुरी चौतारीमा आमरण अनसन बसेका छन् । पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताउँछन् । उनले त्योसँगै नौ बुँदे माग राखेका छन् । डा। केसीले अनसन सुरु गरेको तेस्रो दिनबाट थापा अनसन सुरु गरे ।

उता डा। केसीको स्वास्थ्यमा कमजोर हुँदै गएको छ भने रक्तचाप बढेर गएको बताइएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





विप्लव नेकपाका प्रभावशाली नेता सुदर्शनविरुद्ध चारवटा मुद्धा
विप्लव नेकपाका प्रभावशाली नेता सुदर्शनविरुद्ध चारवटा मुद्धा

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता मध्य केन्द्रीय कमान्डर हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध प्रहरीले वि..

विप्लव  नेकपाको प्रहरीले फेला पार्यो यस्तो गोप्य दस्तावेज, काे परे प्रहरीकाे हिट लिस्टमा?
विप्लव  नेकपाको प्रहरीले फेला पार्यो यस्तो गोप्य दस्तावेज, काे परे प्रहरीकाे हिट लिस्टमा?

काठमाडाै । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलोसफलताको रुपमा लिएको..

विदेशी लगानी नमान्ने टानको घोषणा, सरकार जबरजस्ती गरे अवस्था भयाभय हुने चेतावनी!
विदेशी लगानी नमान्ने टानको घोषणा, सरकार जबरजस्ती गरे अवस्था भयाभय हुने चेतावनी!

काठमाडौँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताएको छ ।  टानका अध्यक्ष नवर..

४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिन वञ्चित
४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिन वञ्चित

बर्दिबास । बर्दिबास नगरपालिका वडा नं —२ स्थित जनता मावि मा आंशिक तर्फ परीक्षा दिने ४ जना परीक्षार्थीले विद्यालयको लापरबाहीका कारण आइबार अनिवार्य अंग्रेजी विषयको परीक्षा..