तेलको ट्याङ्कर विस्फोट, ६० जनाको ज्यान गयो


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते 11:27:01 AM
तेलको ट्याङ्कर विस्फोट, ६० जनाको ज्यान गयो

काठमाडौं । नाइजेरियाको ओडुकपानी भन्ने ठाउँमा तेल ट्याङ्कर विस्फोट हुँदा धेरैको ज्यान गएको आशंका गरिएको छ । घटनामा १२ जनाको शव भेटिएको छ ।

पल्टिएको ट्याङ्करबाट चुहिएको तेल संकलन गर्न गएका स्थानीयहरुको विस्फोटमा परेर ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ । ट्याङ्कर पल्टिएपछि तेल चुहावट भएको थियो ।

स्थानीयवासी त्यही चुहिएको तेल संकलन गर्न त्यहाँ झुम्मिएको र त्यसै बेला तेल ट्याङ्कर विस्फोट भएकाले धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका २२ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना शुक्रबार भएको हो । केही स्थानीयवासीले ६० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । तर प्रहरीले १२ जनाको शव संकलन गरेको छ । धेरै जना विस्फोटमा परेर खरानी भएको आशंका गरिएको छ ।

विस्फोट भएको ट्याङ्करबाट तेल निकाल्न विद्युतीय जेनेरेटर ल्याइएको र त्यही जेनेरेटरका कारण विस्फोट भएको त्यहाँको प्रहरीले जनाएको छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





महिला टी–२० स्म्यास : इन्डोनेसियालाई दियो १२० रनको लक्ष्य
महिला टी–२० स्म्यास : इन्डोनेसियालाई दियो १२० रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ । नेपालले टस हारेर..

कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते
कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटा शहरको दक्षिणी भागमा कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट..

हुवावे कम्पनी विरुद्ध अमेरिकी अधिकारीले अनुसन्धान गर्ने
हुवावे कम्पनी विरुद्ध अमेरिकी अधिकारीले अनुसन्धान गर्ने

वासिङटन । चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध अमेरिकी अधिकारीहरुले  फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।&nbsp..

राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु
राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु

केन्या । केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रस..