काठमाडाैंमा ६ महिनामै १४ हजार सवारीचालकले लेन अनुशासन उल्लंघन गरे


नेपालपाना प्रकाशित: २०७५-९-२९ गते 10:53:09 AM
काठमाडाैंमा ६ महिनामै १४ हजार सवारीचालकले लेन अनुशासन उल्लंघन गरे


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । 

महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र ९०१ महिला चालक रहेका छन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भने । 

महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ । 

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





दुई किशोरी एकै दिन झुण्डिएर गरे आत्महत्या, किन ?
दुई किशोरी एकै दिन झुण्डिएर गरे आत्महत्या, किन ?

महोत्तरी  । दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।  महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपाल..

पिताले पैसा नदिँदा आफ्नै घर जलाए यी युवाले
पिताले पैसा नदिँदा आफ्नै घर जलाए यी युवाले

सप्तरी । पिताले पकेट खर्च नदिएको झोंकमा सप्तरीका राजु यादवले आफ्नै घर जलाएका छन् ।  बोदे बर्साइन नगरपालिका–७ हैंठीका २२ वर्षीय यादवले पिता बालेश्व..

बाँके निकुञ्जमा पानी सुक्यो, बन्यजन्तु सडकमा आउँदा धमाधम मारिँदै
बाँके निकुञ्जमा पानी सुक्यो, बन्यजन्तु सडकमा आउँदा धमाधम मारिँदै

राँझा । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन्। निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पु..

मोरङमा माइक्रोचालकले बच्चा मारे, सहचालकको अवस्था गम्भीर
मोरङमा माइक्रोचालकले बच्चा मारे, सहचालकको अवस्था गम्भीर

उर्लाबारी । बा५ख ३५४ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीको मृत्यु भएको छ..