मन्त्री भानुभक्त ढकाल भन्छन् ‘निगमको वाइड बडी खरीदमा वर्तमान सरकार दोषी छैन’


नेपाल पाना प्रकाशित: २०७५-९-२९ गते 11:12:15 AM
मन्त्री भानुभक्त ढकाल भन्छन् ‘निगमको वाइड बडी खरीदमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी  । नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् ।

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा ढकालले भने, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।”

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरे ।

उनले डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि बताए । यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरे।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा ढकालले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिए ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद
जुवा अखडा बनिरहेको बाैद्धबाट फेरि समातिए ७ जुवाडे, ३ लाख नगद बरामद

काठमाडौं । चाबहिलबाट चक्रपथ छाडेर बाैद्धतर्फ लागेपछि साँखुसम्म नै जुवाको अवैध धन्दा हुने गरेको छ । पटक-पटक जुवाखालमा छापा मार्दा प्रहरी नै विवादित बनेपनि अझैसम्म सो क्षेत्रमा..

६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी
६ वटा सञ्चारमाध्यमले विप्लवलाई सघाईरहेको सञ्चारमन्त्री बाँस्कोटाको दाबी

काठमाडाैं । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेगरि ६ वटा मिडियाले समाचार प्रकाशन/प्रसारण गरिरहेको बताएका छन् ।  हिंसाला..

एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार
एसइई परीक्षा आजदेखि शुरू हुँदै, परीक्षार्थी संख्या ४ लाख ७५ हजार

काठमाडौं । चालु शैक्षिक शत्रको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको माध्यमिक शिक्षा परीक्षा (एसइई) केहीबेरमा शुरू हुँदैछ । आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने परीक्षामा..

नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक
नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक

बिदुर । आइतबार १ सय १७ वर्ष उमेर पुगेकी बाटुली लामिछाने विश्वकै सबैभन्दा जेष्ठ नागरिक भएको दाबी गरिएको छ ।  नुवाकोटको शिवपुरी गाउँपालिका-८ की लामिछानेको नागरिकता..