ड्रोन क्यामेरा उडाउँदै हुनुहुन्छ ? अनुमति लिनुस, नत्र 'क-यापझ्याप' मा पर्नुहोला


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
ड्रोन क्यामेरा उडाउँदै हुनुहुन्छ ? अनुमति लिनुस, नत्र 'क-यापझ्याप' मा पर्नुहोला

काठमाडौंँ । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिएका छन् । त्यस्तै, लगनखेलमा भने शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइ रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झण्झटिलो भएकाले आफूखुशी उडाइएको भनाइ ती चालकको छ ।

त्यस्तै, सरकारको स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही समय अघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो, तर ती विदेशीले ड्रोन उडानका लागि स्वीकृति लिनुपर्छ भन्ने कुराको ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाएका थिए ।

गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झण्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ड्रोन क्यामेराको बढ्दो प्रयोगसँगै उडान कार्यविधि नै परिवर्तन गर्नुपरेको बताए ।  ‘विवाह–ब्रतवन्धदेखि चलचित्रको भिडियो खिच्न ड्रोन क्यामेराको प्रयोग गर्ने गरेको देखियो’ उनले भने– उडान कार्यविधि कसिलो र झण्झटिलो हुँदा आफूखुशी उडाउने समस्या बढ्यो ।

यसरी आफूखुशी ड्रोन उडाउँदा हवाइस्थल, विशिष्ट ब्यक्तिको शान्ति सुरक्षामा असर पर्नुका साथै सर्वसाधारणसमेत त्रसित हुने गरेको भनाइ प्रहरीको छ । ड्रोन क्यामेरा सजिलैसँग ल्याउन पाउने, तर उडान गर्न गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणदेखि पुरातत्व विभागसम्मको स्वीकृति लिनुपर्ने ब्यवस्था रहेको छ ।

उक्त कार्यविधि पूरा गर्न कम्तिमा एक महिना लाग्ने गरेको सेवाग्राही बताउँछन् । सम्पर्क तथा पुहँच भएकाले स्वीकृति लिन्छन्, नभएकाले आफूखुशी उडाउँछन् । ड्रोन क्यामेराको प्रयोग आफैमा नराम्रो होइन तर यसको दुरुपयोग हुनसक्ने सुरक्षा अधिकारीहरु बताउँछन् । गोरखापत्र दैनिकमा खबर छ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





पूर्वराष्ट्रपति यादवको भन्दा ३ गुना पूर्वराजालाई प्रहरीको पहरा
पूर्वराष्ट्रपति यादवको भन्दा ३ गुना पूर्वराजालाई प्रहरीको पहरा

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन्। तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी स..

वैदेशिक रोजगरीमा जानेको संख्या घट्यो
वैदेशिक रोजगरीमा जानेको संख्या घट्यो

काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ ।  गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको सं..

शहीद सेतु विकका परिवारलाई ६ लाख ऋण
शहीद सेतु विकका परिवारलाई ६ लाख ऋण

काठमाडौं । ०६२/६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले फालेकोे अश्रुग्यास छातीमा लागेर सहादत प्राप्त गरेकी सेतु विकका परिवार ऋणमा डुबेका छन् । वीर अस्पतालमा माइलो छोरोको पेटको अप्रेस..

समायोजनमा ४५ हजार कर्मचारी असन्तुष्ट, गुनासो नै दर्ता गराए
समायोजनमा ४५ हजार कर्मचारी असन्तुष्ट, गुनासो नै दर्ता गराए

काठमाडौं । समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् । वैशाख ५ गतेसम्मम..