त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर (बीएससी एजी) भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो ।

५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भने, ‘न्यायसंगत आधारमा भर्ना गरिएको छैन । अब मेरो भविष्य के हुने रु यसको जवाफ कसले दिन्छ रु’ राजधानी दैनिकमा खबर छापिएको छ ।

अधिकारीको नाम दुर्गमबाट एक नम्बरमा निस्किएको छ । महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटामा आफू दुई नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उनले भने, ‘आइतबार म शैक्षिक प्रमाणपत्र लगेर कार्यालय पुगेको थिएँ । तर, मलाई त्यत्तिकै फिर्ता गरियो ।’

मेरिट लिस्टमा यादवको नाम १६२ नम्बरमा भए पनि ३० पुसमा ५५८ नम्बरपछिका आरक्षण कोटाका लागि रोलक्रमका आधारमा भर्ना प्रक्रिया अघि बढाएको थियो । मेरिट लिस्टका आधारमा १०६ देखि ५५५ रोलक्रममा परेका विद्यार्थी भर्ना हुनबाट प्रभावित भएको देखिएको छ ।

मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गराएको बताए । २९ पुससम्म मेरिट लिस्टमा परेका विद्याथी भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको थियो । अपारदर्शी तवरले मेरिट लिस्टमा ५५७ नम्बरसम्ममा रहेकालाई भर्ना गरिएको विद्यार्थीको आरोप छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





‘पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो, चलाइन्छ र चल्छ पनि’
‘पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो, चलाइन्छ र चल्छ पनि’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् ।  शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम श..

तराई मधेसमा महिलाको ‘काल’ बन्दै दाइजो
तराई मधेसमा महिलाको ‘काल’ बन्दै दाइजो

वीरगन्ज । तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहे..

सार्वजनिक जग्गा निजी बनाउन अदालतकै संलग्नता !
सार्वजनिक जग्गा निजी बनाउन अदालतकै संलग्नता !

काठमाडौं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन..

आयल निगमले नाफा कुम्ल्याउन तेलको भाउ घटाएन 
आयल निगमले नाफा कुम्ल्याउन तेलको भाउ घटाएन 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो ।  तर, दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य..