(ने.क.पा.) लोकतान्त्रिक कि साम्यवादी शक्ति ? विधानमै लेख्ने भयो साम्यवाद !

  |   प्रकाशित :

काठमाडौँ । एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको सत्ताधारी (ने.क.पा.)को ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो । यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको छ ।

स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटि सच्याउने कार्यदिशा दिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech