मर्यादाक्रममा जनप्रतिनिधि हाबी

  |   प्रकाशित :

काठमाडौँ  । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । 

कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । 

प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech