सभापति देउवा निवासमा नेविसंघको धर्ना


नेपाल पाना प्रकाशित: २०७५-१०-३ गते 12:51:35 PM
सभापति देउवा निवासमा नेविसंघको धर्ना

काठमाडौं । सभापति शेरबहादुर देउवा निवासमा नेविसंघभित्रको असन्तुष्ट समूहले धर्ना दिएका छन्। नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिए पनि तेस्रो पटक पार्टीले म्याद थपेको भन्दै असन्तुष्ट समूहले धर्ना दिएका हुन् । 

बिहिबार बिहान नेविसंघ काठमाडौंको आयोजनामा मोटरसाइकल र्याली गर्दै उनीहरू देउवा निवास बूढानिलकण्ठ पुगेका थिए। सभापति महरले १२ औं महाधिवेशन गर्न नसक्ने भएकोले म्याद थपको औचित्य नहुने नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले बताए।

धर्नाको नेतृत्व गरेका नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न नसक्ने भएकोले महाधिवेशन आयोजक समिति गठन गर्न दबाब दिन सभापति देउवालाई भेटेको बताए। ‘नेविसंघको अहिलेको नेतृत्वले महाधिवेशन गराउन सक्दैनन्,’ उनले भने, ‘पार्टीले म्याद थपिरहनु हुँदैन।’

भदौ २ मा कार्यकाल सकिए पनि पहिले ३ महिना र पछि दुई महिना नेविसंघको म्याद थपिएको थियो। बुधबार फेरि माघ १० सम्म यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय कांग्रेसले गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह समूहका नेविसंघका असन्तुष्ट समूहले सभापति देउवालाई भेटेका हुन्।

सभापति महरले महाधिवेशन गर्न नसक्ने बताउँदै उपसभापति, महामन्त्री लगायत ५० भन्दा बढी सदस्यले राजीनामा गरिसकेका छन्। नेविसंघ १६५ सदस्यीय छ। पुस २८ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजानिक गरे पनि १६ जिल्लामा मात्रै अधिवेशन सकेको र महाधिवेशनको वातावरण तयार नगरेको भन्दै नेविसंघभित्रै नेतृत्वको कार्यक्षमतालाई लिएर विरोध भइरहेको छ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





क्रान्तिकारी भट्टराईले सामन्ती खसको पोशाक लगाएपछि...
क्रान्तिकारी भट्टराईले सामन्ती खसको पोशाक लगाएपछि...

काठमाडाैं । खस पोशाकमा सामन्तको गन्ध आउने बताएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले रूकुमको चाैरजहारीबाट जाजरकोट जाँदै गर्दा सोही पोशाक लगाएपछि इन्टरनेट सञ्जालमा चर्चा..

नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै
नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै

काठमाडौं । महाधिवेशन प्रतिनीधिसम्बन्धी विवाद टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहिबार दिउँसो १ बजे बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेप..

भरतपुरकी उपमेयर शाहलाई ज्यान मार्ने धम्की दिएपछि कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति !
भरतपुरकी उपमेयर शाहलाई ज्यान मार्ने धम्की दिएपछि कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति !

भरतपुर। भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएपछि नेपाली काङ्ग्रेस चितवनले आपत्ति जनाएको छ । चितवन..

कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!
कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद उमा रेग्मीले दुई तिहाईको दम्भमा कम्युनिष्ट सरकार समानुपातिक सांसदमाथि विभेद गरेको आरोप लगाएकी छिन्। प्रतिनिधिसभाको समा..