आजको बैठकमा प्रधानमन्त्रीलाई ठाडै प्रश्न

  |   प्रकाशित :

काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएको छ ।  बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबारदेखि यो नयाँ व्यवस्था शुरु भएको बताए । प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech