वीगुर अल्पसंख्यकमाथि आततायी अत्याचार गर्दै चीन, जिन्जेन क्याम्पभित्र मृत्यु र अत्याचारको रेकर्ड !


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते 12:00:04 PM
वीगुर अल्पसंख्यकमाथि आततायी अत्याचार गर्दै चीन, जिन्जेन क्याम्पभित्र मृत्यु र अत्याचारको रेकर्ड !

सीएनएनका लागि इमान वाट्सन र बेन वेस्टकोटको रिपोर्ट

चीनको सरकार सञ्चालित शरणार्थी शिविरमा वीगुर शरणार्थीहरुमाथि ब्यापक दमन र अत्याचार भएको पाईएको छ । शिविरबाट बेपत्ता भएका बच्चाका आमाहरुको आँखा ओभाएको छैन । 

यस्तै एक आमा हुन म्हिरीगुल तुरसुन । उनका दुई बच्चा छन, तर त्यो भन्दा बढी उनको मथिंगलमा हराईरहेका मोहानेदको अनुहार नाचिरहेको छ । उनी भन्छिन् “म मेरा यी दुई बच्चाहरुलाई भन्नेछु कि उनका दाजु मोहानेद कसरी हराए ? भन्नेछु कि चिनियाँ सरकारले उनीहरुको दाजुलाई मा-यो ।”

तुरसुन र उनका छोरा तिनै पीडितहरुमध्येका हुन्, जो चिनियाँ सुदुरपश्चिमी क्षेत्रमा मुस्लिम बाहुल्यता तोड्ने बेईजिङको तारोमा परे । अमेरिकाको स्टेट डिपार्टमेन्टले यो अनुमान गरेको छ कि जिनजियाङमा कम्तीमा ८ लाख देखि २० लाख नागरिकहरुलाई तथाकथित पुर्नशिक्षा केन्द्रहरुमा भयानक यातना दिईएको छ । 

तुरसुनका छोरा मोहानेद उरुम्की बाल अस्पतालमा मारिए । तर यसबारे तुरसुन केही बोल्न चाहन्नन । किनकी, यहाँ बोल्नु निकै खतरनाक छ । बरु उनले आफ्ना जिवित दुई बच्चाहरु ठूला भएपछि त्यो घटनाबारे बोल्ने संकल्प गरेकी छिन । 

तुरसुन परिवारमाथिको अत्याचारले के देखाउँछ भने, चीन सरकार धार्मिक र जातीय अल्पसंख्यकलाई योजनाबद्ध रुपमा दमन गरी सिध्याउन चाहन्छ । जिनजियाङको दमन यसको बलियो उदाहरण हो ।

खुला कारागार 

जिनजियाङका वीगुरहरुमाथि चीनको कम्युनिष्ट सरकारले व्यापक दमन र अत्याचार गरेपछि विश्वभरबाट आलोचना भईरहेको छ । अमेरिकाका कानून व्यवसायीहरुले गत बिहिबार वीगुर ह्युमन राईट पोलिसी एक्ट संसदमा पेश गरेका छन् ।

चीनबाहिर रहेका वीगुरका परिवारिक सदस्यहरु, जो चीनमा बस्छन्, उनीहरु बेपत्ता हुने क्रम बढेको छ । परिवारका सदस्य बेपत्ता पार्ने र प्रवासमा रहेका वीगुरहरुलाई देश फर्कन दबाब दिने काम चीन सरकारले गरिरहेको छ ।

सन् २०१७ अप्रिलयता मात्रै ८ लाख जति वीगुर र कजाख मुस्लिमहरुलाई चीन सरकारले दमन, यातना र अत्याचार गरेको छ । अल्पसंख्यकहरुका लागि अहिले जिनजियाङ खुला कारागारजस्तो बनाईएको छ । 

बेईजिङ र जिनिजियाङबीच लामो र विभाजित ईतिहास छ । करिब २२ करोड अल्पसंख्यक जनसंख्याको बसोबास रहेको यो प्रान्तलाई स्वायत्त भनिएको छ, तर १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा यो प्रान्तका नागरिकले दारुण जीवन बिताईरहेका छन । 

जिनजियाङमा आधाभन्दा कम जनसंख्या रहेको हान जाती, जो चीनको शासक जाती पनि हो, ले अल्पसंख्यकमाथि बर्बर अत्याचार गरिरहेका छन । चीनले मच्चाईरहेको जातीय सफायाको विरोधमा विगुरहरु छन्, जसमाथि चीनले उनीहरुको सांस्कृतिक र परम्परामाथि प्रतिबन्ध लगाएको छ । 

अतिवाद विरोधी कार्यक्रमका नाममा सीप विकास तालिमको नाटक मञ्चन गरिरहेको चीनले अल्पसंख्यकहरुलाई पुनर्शिक्षा केन्द्रहरुमा यातना दिईरहेको छ । स्थानीय सरकारले यसको नेतृत्व गरिरहेको छ र यो अत्याचारलाई उसले नागरिकको सुरक्षाका लागि चालिएको कदमको संज्ञा दिएको छ । 

जनवरीको शुरुवातमा पनि चिनियाँ अधिकारीहरुले यस्तो सीप विकास केन्द्रहरुमा विदेशी कुटनीतिज्ञ र पत्रकारहरुलाई प्रवेश गर्न दिएको थिएन । यी केन्द्रहरुमा अल्पसंख्यकलाई चिनियाँ भाषा, संस्कृति र संगीतको जबर्जस्त अभ्यास गराईएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

मेरो बच्चा खोई ?

म्हिरीगुल तुरसुनले आफ्ना अभिभावकहरुलाई २०१५ को मार्च १३ तारिखयता भेट्न पाएकी छैनन । यो बीचको ३ बर्ष उनका लागि दुख र विनासकारी बनेको छ । 

जिनजियाङका अरु युवाहरु झैं म्हिरीगुल तुरसुन पनि रोजगारीका लागि ईजिप्ट पुगिन र त्यहाँबाट फर्किन् । तर उरुम्की विमानस्थलमा ओर्लने बित्तिकै उनलाई चिनियाँ अधिकारीहरुले विभिन्न प्रश्न बर्साए । ईजिप्टमा के ग-यौ ? कसलाई चिन्छौ ? कति वीगुरलाई चिन्छौ भनी सोधेको उनले बताईन् । त्यसपछि उनलाई चिनियाँ अधिकारीहरुले यातना दिन शुरु गरे र उनका ३ जना बच्चाहरुलाई सँगै लिएर गए । 

यातनागृहबाट ३ महिनापछि म्हिरीगुल तुरसुनलाई रिहा गरियो । उनी बच्चा आफ्ना बच्चाको खोजीमा लागिन् । उरुम्की बाल अस्पतालका डाक्टरले उनको छोरा मोहानेदको मृत्यु भएको बताईदिए । कुनै शल्यक्रिया गर्दा उनको १ बर्षभन्दा कम उमेरको छोरा मरेको डाक्टरको जवाफ अति पीडादायी र आश्चर्यजनक थियो । यो सन् २०१५ को घटना थियो । 

बच्चा मर्नुको कारणबारे चिनियाँ अधिकारीहरुले अझैसम्म उनलाई कुनै जवाफ दिएका छैनन् । अहिलेसम्म चिनियाँ अधिकारीहरुले उनलाई निगरानी गर्न छाडेका छैनन र चीन नछाड्न दबाब दिईरहेका छन । 

सन् २०१७ को अप्रिलमा उनी उरुम्कीबाट ११८४ किलोमिटर दुरी छिचोलेर आफ्ना अभिभावककहाँ गएकी थिईन । तर सरकारी मानिसहरुले उनलाई फेरि बच्चा खोसेर यातनागृहमा राखे । 

जब उनलाई त्यहाँबाट जिनजियाङस्थित शिविरमा ल्याईयो, जहाँ उनलाई स्थानीय ५० भन्दा बढी महिला कोचेको सेलमा राखियो । त्यहाँ राखिएकामध्ये केही उनका डाक्टर, शिक्षक र छिमेकी पनि थिए । सो शिविरमा उनले देख्दादेख्दै ९ जना बन्दीहरुको सेलभित्रै मृत्यु भयो । 

६२ बर्षीय गुलसन नाम गरेकी महिला, जो ६ महिनादेखि सो केन्द्रमा बन्दी बनाईएकी थिईन । उनी एकदिन उठिनन् र प्रहरीले उनलाई उठाउन आदेश दिए, तर उनको शरिर चिसिईसकेको थियो ।

दुई बच्चाकी २३ बर्षीय एक आमा पनि १३ महिनादेखि त्यहाँ बन्दी थिईन । उनलाई लगातार दुई महिनादेखि महिनावारीको रगत रोकिएको थिएन । बन्दीगृहमा उभिएकै अवस्थामा उनको मृत्यु भयो । उनको शरिरलाई नछुन प्रहरीहरुले उर्दी जारी गरे र खुट्टामा समातेर घिसार्दै सेलबाट बाहिर लगे ।

सीप विकास र पुनर्शिक्षाका नाममा चीनले जिनजियाङका जस्ता यातनागृहहरु खेलेका छन्, ती केन्द्रहरु शिक्षाका नाममा प्रोपोगाण्डा मच्चाई वीगुर र अल्पसंख्यकहरुलाई मार्ने मृत्युकक्ष बनिरहेको छ । 

२१ बर्षका अरफात एरिकेनकी आमालाई पनि चिनियाँ अधिकारीहरुले शिक्षा दिने बन्दै यातनागृहमा लगे । तर उनकी आमा गणित विषयकी शिक्षिका हुन् । एरिकने भन्छन् “मलाई थाहा छैन, उनलाई कस्तो किसिमको शिक्षा आवश्यक थियो र के दिईँदैछ ।” अमेरिकामा पढ्दै गरेका एरिकेनलाई अभिभावक बेपत्ता बनाएर पढाई छाड्न बाध्य पारियो । 

यतिसम्म कि उनका बाबुआमालाई उनीसँग सम्पर्क गर्न पनि दिईएन । किनकी, चीनबाट बाहिर सम्पर्क गर्नु ज्यान गुमाउनु सरह हो । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला
चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला

बेइजिङ । चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिस..

अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा
अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा

बेइजिङ । रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ। यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्री..

पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!
पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!

काठमाडाैँ । काश्मिरको पुलुवामा भएको घटनामा त्यहाँको विदेश मन्त्रालयले जवाफ दिनुपर्ने ठाउँमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफैँले जवाफ दिएपछि घटना थप रहस्यमय बन्न पुग..

गोली हानी तीन बालबालिकासहित चारको हत्या
गोली हानी तीन बालबालिकासहित चारको हत्या

शिकागो - अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका..