जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते 03:42:12 PM
जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी

काठमाडाैँ । पछिल्लो समय देशमा बढिरहेको बेतिथी, भ्रष्टाचार लगायत कम्युनिष्ट सरकारको संविधान विरोधी गतिविधिमाथि एक्सन लिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले विशेषा योजना अनुरुप सातै प्रदेशमा कार्यकर्ताहरुलाई तयारी अवस्थामा राखेको छ।

राजनीति क्षेत्रमा स्वच्छ र इमान्दार छवी बनाएका तरुण दलका अध्यक्ष जीत जंग बस्नेतका अनुसार सरकार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रम गर्न लागिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा आगामी ८ गतेदेखि शसक्त रुपमा आन्दोलन गर्न लागेको हो। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ।

निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा।गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालार्इ लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

अध्यक्ष बस्नेतले भने,'गत बिहीबार बुटवलमा  कांग्रेसका युवा नेताहरुले सरकारविरूद गरेको शक्ति प्रर्दशन जस्तै आन्दोलनको रूपमा रहेनेछ।' अध्यक्ष बस्नेतले सकेसम्म सर्वसाधारणको जनजीवनमा असर नपर्ने सरकारिवरूद विरोध कार्यकम गरिने बताए। सरकार विरुद्धको आन्दोलन अन्तरगत प्रदेश राजधानीहरुमातरुण दलले माघ ८ गते १ नम्बर प्रदेशको विराटनगरमा, माघ ९ गते २ नम्बर प्रदेशको जनकपुरमा, माघ १० गते ३ नम्बर प्रदेशको हेटौडामा र माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ ।

यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ।

 

 



भारतले पाकिस्तानमाथि लियो कडा एक्सन, इमरान खान नै निशानामा

संविधानले दिएको ऐतिहासिक अधिकार खोसेको भन्दै ओली सरकारविरुद्ध उत्रिए महिलाहरु, के हो कुरो?

समाजकल्याण परिषद्का उपाध्यक्षसहित पाँच जना भए पदमुक्त, लाग्याे यस्ताे गम्भीर अाराेप

राजधानीमै अवैध रक्सी भट्टी पसल सञ्चालनमा, १७ हजार लिटर मदिरा बरामद

यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय, सेनादेखि अदालत, मेडिकल कलेज, कर्मचारी बर्खास्तसम्म

पशुपतिको गीत बन्द गर्न लगाएर प्रधानमन्त्रीले गल्ती गरे, ओली राजा होइनः भीमार्जुन आचार्य

ओलीको कम्युनिस्ट सरकारबारे सेनाको यस्तो धारणा, प्रधानसेनापतिले भने, माथिको आदेश सर्वेसर्वा होइन

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह
ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह

काठमाडाैँ - पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले संविधान विरोधी काम गरेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसल..

डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा
डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले डाटा चोर्ने कम्पनीलाई टेण्डर विना ठेक्का दिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ। मंगलवार बसेको संसद..

‘ओली र प्रचण्डले हाँकेको जहाज दुर्घटनामा पर्दैछ’ : नेता गगन 
‘ओली र प्रचण्डले हाँकेको जहाज दुर्घटनामा पर्दैछ’ : नेता गगन 

काठमाडौं । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजा महेन्द्र एउटै भएको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले टिप्पणी..

सडक सफा गर्दै भट्टराई भने ‘जस्तो जनता उस्तै सरकार’
सडक सफा गर्दै भट्टराई भने ‘जस्तो जनता उस्तै सरकार’

काठमाडौं । शनिबार चक्रपथ सरसफाइमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहभागी भएका छन्। हातमा कुचो लिएर भट्टराई सडकका फोहोर सफा गर्दै हिडेका हु..