पोखरामा कम्युनिष्ट सरकारविरुद्ध तरुण दलको यस्तो खबरदारी,'बहुमतको मात लाग्यो'


नेपालपाना प्रकाशित: २०७५-१०-११ गते
पोखरामा कम्युनिष्ट सरकारविरुद्ध तरुण दलको यस्तो खबरदारी,'बहुमतको मात लाग्यो'

काठमाडाैँ । कम्युनिष्ट सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार शुक्रबार प्रदेश ४ को राजधानी पाेखरामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक दुर्इ तिहार्इकाे दम्भमा पारित गरकाे भन्दै पोखरामा तरुण दलले बृहत विरोध प्रदर्शन गर्दै सरकारविरूद नाराबाजी गरेकाे हाे।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हकअधिकारप्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सडक तताउने चेतावनी दिए। उनले सरकार दुईतिहाइको भरमा संविधान विपरीत अघि बढेको बताए। देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेतले सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने, ‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारकै मानिसहरु हुन।’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताउँदै उनले सरकारलाई जति गालि गरेपनि नहुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने बताए।

विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्नेहरूले राज्यका हरेक अंगमा कम्युनिस्ट सरकारले कम्युनिस्टकरण गरेको भन्दै आपत्ति जनाए । उनीहरूले देशभरि कम्युनिस्टहरूले शुरु गरेको अराजकता रोकन पनि माग गरेका छन् । वर्तमान सरकारको कार्यशैलीमा सुधार नभए युवा र तरुणहरूले सत्ताबाट गलहत्याउने चेतावनी समेत दिएका छन् ।प्रदर्शनमा सहभागीहरूले ओली सरकारले भ्रष्टाचारी, बलात्कारी, कालोबजारी गर्नेहरूललाई संरक्षण गरेको आरोप लगाए । उनीहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान थालेको भन्दै आपत्ति जनाए ।

तरुण दलका नेताहरूले कम्युनिष्टका नेताहरु निर्वाचन अगाडि बोलेका कुनै पनि कुरा पूरा नगरेको बताए । उनीहरूले निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाएर घरघरमा ल्याइदिने भनेर केपी ओलीले सोझो जनतालाई झुक्काएको बताए । निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा।गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालार्इ लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

सरकार विरुद्धको आन्दोलन अन्तरगत अब ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ।  सभामा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए।

 

 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





प्रधानमन्त्री ओली आँफै ठेलागाडीमा चडेर अमेरिका पुग्नु र नेपालमा लोकतन्त्र आउनु एउटै हो : खतिवडा 
प्रधानमन्त्री ओली आँफै ठेलागाडीमा चडेर अमेरिका पुग्नु र नेपालमा लोकतन्त्र आउनु एउटै हो : खतिवडा 

काठमाडौं । पूर्व कोष्धक्ष तथा पूर्व मन्त्री रामकृष्ण ताम्रकारको निधनले केन्द्रिय समितिले कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियानको क्रममा पुर्व..

राजनीति गर्दा परेको बम्पर उपहार : नेकपाका ५३ नेतालाई दोहोरो जिम्मेवारी
राजनीति गर्दा परेको बम्पर उपहार : नेकपाका ५३ नेतालाई दोहोरो जिम्मेवारी

काठमाडौं ( नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११..

‘उखान/टुक्काले भ्रष्टाचार रोकिँदैन, थुकिदिउ जस्तो लाग्छ’
‘उखान/टुक्काले भ्रष्टाचार रोकिँदैन, थुकिदिउ जस्तो लाग्छ’

काठमाडौँ । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले उखान–टुक्का, गीत र कवितालले भ्रष्टाचार नरोकिने बताएका छन् । उनले प्रधानमन्त्रीले भ्रष्टाचार रोक्छु भनेको भोलि र व्यवहार..

सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच औपचारिक वार्ता  शुरु
सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच औपचारिक वार्ता  शुरु

काठमाडौं । सिंहदरबार स्थित कानून मन्त्रालयमा नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच औपचारिक वार्ता  शुरु भएको छ । वार्तामा राप्रपाले सरकार समक्ष पेश गरेको हिन्द..