विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका ५ विदेशी पत्रकार पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-१७ गते
विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका ५ विदेशी पत्रकार पक्राउ

कारकास । विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ ।  राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । 

सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् ।  सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् । 

उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन् । 

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ । 

अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मङ्गलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेश मन्त्री रोबर्टो अम्पुएरोले बताए । संवेदनशील मानिने “सुरक्षा क्षेत्र”मा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ । 

“यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो,” चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेखेको छ ।  पछिल्ला केही बर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ । 

पत्रकारहरुलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गरे । तर धेरै विदेशी पत्रकारहरु रिपोर्टिङ गर्ने अनुमति बिना देश छिरेको बताए । 

विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैँले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ । मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ । 

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । 

निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा शपथ ग्रहण गरेको थियो । उनको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए । 

त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन् । चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ
श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ

काठमाडौं । श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ । आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट ९आइएस० ले विष्फोट..

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु
फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

मनिला । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्स भौगर्भिक केन्द्रका अनुसार भूकम्पको केन्द्र पूर्वी समार प..

राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 
राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 

काठमाडौं । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनु..

पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"
पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुसँग रहेको परमाणु बम दीपावलीमा पड्काउनका लागि नराखेको बताएका छन् ।  जारी लोकसभा चुनावको प्रचार गर्न गृहनगर गुजरात पु..