सलमानमाथि यौन हिंसाको आरोप


नेपाल पाना प्रकाशित: २०७५-१०-१९ गते
सलमानमाथि यौन हिंसाको आरोप

एजेन्सी । बलिउडका चर्चित डान्सर तथा कोरियोग्राफर सलमान युसुफमाथि एक एक मोडल तथा कोरियोग्राफरले यौन हिंसाको आरोप लगाएकी छन्। सलमानको विरुद्ध मुम्बईको ओशिवारा प्रहरी चौकीमा ती मोडल तथा कोरियोग्राफरले मुद्दा दर्ता गरेकी हुन्।

ती महिलाले दर्ता गरेकाे मुद्दाका अनुुसार अघिल्लो वर्ष सलमानले एक शोको बारेमा कुराकानी गर्नका लागि मुुम्बईस्थित एक क्याफेमा मिटिङको लागि बाेलाएर छेडखानी गरेका थिए। आफ्नो कारमा लगेर सलमानले यौन दुव्र्यवहार गरेको उनको भनाई छ । यस घटनाबारे चेक जाँच भइरहेको छ ।

सलमान युसुफ बलिउडमा सार्वधिक माग हुने डान्स कोरियोग्राफर मध्येमा पर्छन । उनी ‘डान्स इण्डिया डान्स’ सिजन १ का विजेता हुुन् । उनले ‘झलक दिखला जा’ सिजन ४ देखि ९ सम्म कोरियोग्राफ गरे । यसकासाथै उनी ‘खतरों के खेलाडी’ सिजन ५ मा पनि आइसकेका छन् । 

युवतीका अनुुसार, उनलाई सलमानले अघिल्लो वर्ष९२०१८० को दुबईमा एक कार्यक्रमको लागि बोलाएका थिए । जहाँ उनलाई बलिउड पार्कमा अन्य डान्सरहरुसँग प्रस्तुती दिनुपर्ने थियो । कुराकानी सकिएपछि सलमानले उनलाई घर छोडिदिने आग्रह गरे जसलाई उनले स्वीकार गरिन् । कारमा बसेपछि सलमानले उनको शरीरमा छुन थाले जसले उनलाई असहज महशुश भयो । तत्काल उनी कारबाट बाहिरिएको बताइन् । त्यस समय सलमानको टिमको डरका कारण यसबारे बोल्न नसकेको र अहिले भने साहस मिलेको उनको कथन छ । 
 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने
बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने

मुम्बई । मणिरत्नमको नयाँ फिल्ममा बलिउड अभिनेत्री एवं पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले दक्षिण भारतीय अभिनेता सत्यराज अर्थात बाहुबलीका कटप्पासँग रोमान्स गर्ने भएकी छिन् । ..

विश्वमै प्रख्यात! यी हुन सबै भन्दा छाडा र धेरै नागिंने चर्चित नायिका
विश्वमै प्रख्यात! यी हुन सबै भन्दा छाडा र धेरै नागिंने चर्चित नायिका

काठमाडौं । बलिउड भन्ने बित्तिकै नचिन्ने कोहि छैन किनकि बलिउड आफै विश्वमै प्रख्यात छ । यसलाइ विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिनिने गरिन्छ। विश्वभर नै बलिउडका धेरै फ्या..

सलमान खानले शिवलिङ्गलाई छोपेर ‘दबंग ३’ छायांकन गरेपछि यसरी परे संकटमा
सलमान खानले शिवलिङ्गलाई छोपेर ‘दबंग ३’ छायांकन गरेपछि यसरी परे संकटमा

काठमाडौं । अभिनेता सलमान खानको हिट फ्रैन्चाइजी ‘दबंग’ को तेस्रो पार्टको छायांकन सुरू भएको छ । आफ्नो आगामी फिल्म ‘भारत’को छायांकन सकिएलगत्तै सलमानले बहु..

‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियोसहित)
‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियोसहित)

विराटनगर । अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । आउँदो मे महिनाको २७ तारिखमा प्रदर्शनमा आउने उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनि..