भेनेजुएलाका राष्ट्रपति मदुरोको ट्रम्पलाई यस्तो चेतावनी, अन्तराष्ट्रिय शक्तिकेन्द्र राष्ट्रहरूमा खैलाबैला!


एजेन्सी प्रकाशित: २०७५-१०-२१ गते
भेनेजुएलाका राष्ट्रपति मदुरोको ट्रम्पलाई यस्तो चेतावनी, अन्तराष्ट्रिय शक्तिकेन्द्र राष्ट्रहरूमा खैलाबैला!

कराकस - भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले स्पेनको एक टेलिभिजन अन्तरवार्ताका क्रममा सो धारणा राखेका हुन्। 'देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहन्छ।', उनले भने।

मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिए। राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा आलोचना समेत गरे। त्यसअघि विपक्षी नेता हुँवा गुइदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए।

गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रहरुको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताएका छन्। भेनेजुएलामा सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ। मदुरोले आफू नै निर्वाचित राष्ट्रपति भएको बताएका छन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ।

उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ– आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उहाँले सो धारणा राख्नुभएको हो । सो प्रश्नको जवाफमा उहाँले भन्नुभयो– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन । 

तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरुका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उहाँको दाबी थियो । 

सोही अन्तर्वार्तामा उहाँले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकार्नु भएको थियो । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीहरुले पनि मान्नुपर्ने धारणा राखेको थियो । 

राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गर्नुभएको थियो । 

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । 

उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गर्नुभएको बताइएको थियो । तर पनि मदुरोले दिनुभएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउनुभएको अर्काे समाचार आएको छ । गएको शनिवार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना गरेका थिए । 

शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए ।सो समर्थनपछि झन् गुइदो अघि बढ्नुभएको बताइएको छ । मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरुमा बताइएको छ । 

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि मदुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो ।  भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आउनुभएको छ । उहाँले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गर्नुभएको थियो । उहाँको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ
श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ

काठमाडौं । श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ । आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट ९आइएस० ले विष्फोट..

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु
फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

मनिला । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्स भौगर्भिक केन्द्रका अनुसार भूकम्पको केन्द्र पूर्वी समार प..

राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 
राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 

काठमाडौं । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनु..

पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"
पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुसँग रहेको परमाणु बम दीपावलीमा पड्काउनका लागि नराखेको बताएका छन् ।  जारी लोकसभा चुनावको प्रचार गर्न गृहनगर गुजरात पु..