सर्वोच्चले खोल्यो नक्कली भ्याटबील प्रकरण मुद्दाको फाइल, ५ सय कम्पनीले यसरी छलेका थिए कर


नेपालपाना प्रकाशित: २०७५-१०-२३ गते 10:33:28 AM
सर्वोच्चले खोल्यो नक्कली भ्याटबील प्रकरण मुद्दाको फाइल, ५ सय कम्पनीले यसरी छलेका थिए कर

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याटबील बनाएर मुलुकको अर्बाैं राजस्व छली गर्ने ५ सय वटा कम्पनीहरूमाथि परेको मुद्दाको फाइल खोलेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) छली गरि देशको अर्बाैं राजस्व घोटाला गरेका कम्पनीहरूलाइ कारबाहीको दायरामा ल्याउन सर्वोच्चले यस्तो कदम चालेको हो । 

२०६७ सालमा नक्कली भ्याटबिल प्रकरण चर्कँदा तत्कालीन अर्थसचिव रामेश्वर खनालले राजीनामा नै दिनुपरेको थियो । भ्याट छल्ने कम्पनीहरूलाइ कारबाही गर्न खोज्दा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले व्यापारीको पक्षमा लागेर खनालमाथि रिसिइबी साँधेका थिए । 

आन्तरिक राजस्व विभागका तत्कालीन राजन खनालले भ्याटछली गर्न कम्पनी एवं फर्महरूमाथि अनुसन्धान गरि राजस्व न्यायाधीकरणमा मुद्धा समेत दायर गरेका थिए । तर न्यायाधीकरणले पनि व्यापारीहरूलाइ उन्मुक्ति दिएको थियो । 

उता, कर कार्यालयले पनि छली भएको राजस्व र शतप्रतिशत जरिवाना तिराउने गरि न्यायाधीकरणमै मुद्धा दायर गरेको थियो । तर न्यायाधीकरणले जरिवाना नै उल्ट्याएको थियो । यसपछि आन्तरिक राजस्व विभागले अदालतमा मुद्धा दायर गरेको थियो ।

हालसम्म विचाराधीन रहेको यो मुद्धालाइ प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले आफ्नै बेन्चमा तानेका छन् । मुद्धासँग जोडिएका सबै मिसिललाइ पनि साथमै राख्न प्रधानन्यायाधीश जबराले निर्देशन दिएपछि भ्याटबील छली प्रकरणमा संलग्नहरूको निद हराम भएको छ ।

त्यतिखेर, एउटै व्यापारिक फर्मलाइ एक अर्ब रूपैयाँसम्म जरिवाना तोकिएको थियो । सिंगो बिल प्याड नै नक्कली बनाएर यस्ता फर्महरूले कर छली गरेका थिए । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १२८..

शिवम सिमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता भाउ ३०० रुपैयाँ, न्यूनतम भर्न १५ हजार रुपैयाँ चाहिने
शिवम सिमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता भाउ ३०० रुपैयाँ, न्यूनतम भर्न १५ हजार रुपैयाँ चाहिने

काठमाडौं । शिवम् सिमेन्टले आजदेखि ४४ लाख कित्ता साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कि..

राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल बेच्दै, कसले किन्न पाउँछन् ?
राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल बेच्दै, कसले किन्न पाउँछन् ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज २ अर्ब रूपैयाँको ट्रेजरी बिल बेच्न लागेक छ । ट्रेजरी बिल बेच्नका लागि बैंकले आइतबार नै सुचना जारी गरेको छ ।  बैंकले यसअघि..

राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटही दर
राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटही दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ ।  यस्तै साउदी रियाल १ को खरिददर ३० रु..