मलेसियामा ९ नेपालीसहित १०० जना विदेशी कामदार पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते 02:55:55 PM
मलेसियामा ९ नेपालीसहित १०० जना विदेशी कामदार पक्राउ

काठमाडौँ । मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका ९ जना नेपालीसहित एक सय जना विदेशी कामदार पक्राउ परेका छन् ।

अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्रिएको हो ।

पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।  उनीहरुमध्ये केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ । विभागले देशमा अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने पनि बताएको छ ।

मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो ।त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरेको हो ।

गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको अध्यागम विभागको भनाई छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला
चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला

बेइजिङ । चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिस..

अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा
अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा

बेइजिङ । रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ। यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्री..

पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!
पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!

काठमाडाैँ । काश्मिरको पुलुवामा भएको घटनामा त्यहाँको विदेश मन्त्रालयले जवाफ दिनुपर्ने ठाउँमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफैँले जवाफ दिएपछि घटना थप रहस्यमय बन्न पुग..

गोली हानी तीन बालबालिकासहित चारको हत्या
गोली हानी तीन बालबालिकासहित चारको हत्या

शिकागो - अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका..