जाजरकोटकी चेलीले सिरियलबाट मारिन् वलिउडमा छलाङ, भइन् नायिका   


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते 04:34:54 PM
जाजरकोटकी चेलीले सिरियलबाट मारिन् वलिउडमा छलाङ, भइन् नायिका   

जाजरकोट ।  भारतीय चलचित्रमा जाजरकोटकी एक युवती अनुवन्धित भएकी छिन् । भेरी नगरपालिका ३ पिपलडाडाँकी सिजन पुन भारतीय चलचित्र निर्माण कम्पनी पि भन्साली प्रोडक्सन हाउसले निर्माण सुरु गरेको हर जनम मेँ मिलिंगे नामक चलचित्रमा अनुवन्धित भएकी हुन् । 

ठुलो पर्दाको चलचित्रमा मुख्य नायिकाको भुमिकामा उनी अनुवन्धित भएकाे चलचित्र निर्माण कम्पनीले जनाएकाे छ। गत डेढ वर्षदेखि भारतको मुम्वइमा रहेर भारतीय टेलिभिजनका दुइ वटा सिरियलहरुमा चरित्र अभिनेत्रीको भुमिका निर्वाह गरिहेकी २१ वर्षिय सिजनले मंगलवार देखि ठुलो पर्दाको हिन्दी चलचित्रमा मुख्य नायिकाको भुमिकामा अभिनय गर्न थालेकी हुन् ।

शसी शेखरको निर्देशन र प्रवीन भन्शालीको निर्माण र चन्दरको लेखन रहेको उक्त चलचित्रमा दुइ जना नायकहरुका साथ उनको अभिनय रहेको छ । चलचित्रमा आफुले धनी घरकी युवतीको भुमिका निर्वाह गरिहेको र गाउँमा हुने अपराध र अन्यायको शिकार हुने गरिवहरुको उद्धार गर्ने खालको भुमिका आफुले निर्वाह गर्ने उनले वताइन् । सहरको विकृति र गाउँमा ठुलावडाले गरिवहरु माथि गर्ने अन्याय र अपराधको चलन कस्तो हुन्छ भन्ने वारे चलचित्रले विषय वस्तु देखाउन खोजेको नायिका सिजनले वताइन् ।

गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीहरुलाइ युवतीको मायामा फसाएर उनीहरुलाइ अपराधको सजाया दिन एक जना सुन्दर युवती सहरवाट गाउँमा गएको भुमिका निर्वाह गर्न लागेको पनि उनले वताइन् । भारतको मुम्वइ र गुजरातका विभिन्न स्थानमा छायांकण भइरहेको उक्त चलचित्र दुइ घन्टा १० मिनेटको हुने वताइएको छ । यस अघि सिजनले भारतीय टिभी च्यानल स्टार प्लसमा प्रशारण भइरहेको आरम्भ नामको सिरियल र अर्को क्राइम स्टोरी लक अपमा चरित्र अभिनेत्रीको रुपमा आफुले अभिनय गरिसकेको सिजनले वताइन् ।

जाजरकोट खलंगाको त्रिभुवन माध्यमिक विद्यालयवाट एसएलसी र कक्षा ११ र १२ पास गरेकी सिजनले आफुलाइ जाजरकोटकै छोरी भन्न मन लाग्ने र यसै मार्फत भारतीय चलचित्र दुनियामा सफल अभिनेत्रीको रुपमा स्थापित हुने आफनो ठुलो सपना रहेको वताइन् । जीवनमा संघर्षको वास्तविक कस्तो हुन्छ भनेर देखाउने पनि आफनो रहर रहेको उनले वताइन् ।

 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





ज्योतीले लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! (भिडियो)
ज्योतीले लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! (भिडियो)

गुल्मि । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहि..

फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)
फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं । पूर्वी नेपालको सामान्य कथा समेटिएको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलर काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सा..

‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 
‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 

काठमाडाैँ । नेपाली चलचित्रकी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिँएका छन् ।  सात वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन्।..

च्याम्पियन्स लिग : डर्टमण्डको पोस्टमा टोटनह्यामको गोल बर्षा
च्याम्पियन्स लिग : डर्टमण्डको पोस्टमा टोटनह्यामको गोल बर्षा

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधवार राति भएको खेलमा इंग्लिस क्लब टोट्नह्यामले बोरूसिया डर्टमन्डको पोष्टमा गोलबर्षा गरेको छ । प्रि क्वाटरफाइनलअन्तर्गत..