अन्ततः प्रचण्डले नै नंगाए ओलीलाई, एकताले पूर्णता नपाउँदै नेताहरु बाँडिए दुई खेमामा


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
अन्ततः प्रचण्डले नै नंगाए ओलीलाई, एकताले पूर्णता नपाउँदै नेताहरु बाँडिए दुई खेमामा

काठमाडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले समर्थन गरेको केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।

प्रचण्डले संविधान अनुसार सरकार चल्न नसकेको घुमाउरो भाषामा आफ्नै पार्टीको सरकारमाथि प्रश्न उठाएपछि पूर्व एमालेका नेताहरु चाकित परेका छन्। उनले सरकारद्धारा ल्याइएका ऐन कानून संविधानको मर्मअनुसार छन् की छैनन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए।

प्रचण्डले कसैको नाम नलिएर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न घुमाउरो भाषामा प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिए ।

उनले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको गम्भीर आरोप पनि लगाए । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको आरोप छ ।

‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाण्डौमा विमोचन गर्दै उनले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति समेत जनाए ।

अध्यक्ष दाहालले स्थिति यही रहिरहे मधेश र पहाडमा फरक फरक खालको आन्दोलनका सुरु हुने खतरा पनि औंल्याए । जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुने अध्यक्ष दाहालले दावी गरे। दहालको यस्तो भनाईले नेकपाका नेताहरु दुई भागमा बाँडिएका छन्।

स्रोतका अनुुसार ओली प्रचण्डबीच पूर्व सहमति अनुसार केही गम्भीर विषयमा कुरा नमिलेपछि प्रण्चड आक्रोशित भावमा सरकारको आलोचना गरेका हुन्।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





‘आँखामा पट्टी बाँधेपछि कसरी देखिन्छ सरकारको काम, चेतनाको आँखाले हेर्नुस् देखिन्छ सरकारको काम’
‘आँखामा पट्टी बाँधेपछि कसरी देखिन्छ सरकारको काम, चेतनाको आँखाले हेर्नुस् देखिन्छ सरकारको काम’

काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीले विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्। कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्र..

मेलम्चीको पानी ल्याएरै छाड्ने प्रधानमन्त्री ओली दाबी
मेलम्चीको पानी ल्याएरै छाड्ने प्रधानमन्त्री ओली दाबी

काठमाडौं । काठमाडौमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मेलम्चीको पानी ल्याएरै छाड्ने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनी भाग्दा क..

युक्रेनी नागरिकले हास्यकलाकारलाई राष्ट्रपति बनाउँदै, पत्रु राजनीति गर्नेलाई सवक !
युक्रेनी नागरिकले हास्यकलाकारलाई राष्ट्रपति बनाउँदै, पत्रु राजनीति गर्नेलाई सवक !

कीभ । परम्परागत राजनीति पार्टीहरुले बारम्बार बेफकुव बनाएपछि युक्रेनका जनताले हास्यकलाकारलाई राष्ट्रपति बनाउन मतदान गरेका छन् ।  हास्यकलाकार भोलोडिमियर जेलेन्सकीले ७० प..

कमल थापामाथि पनि प्रतिबन्ध लाग्ने संकेत, शहरी विकासमन्त्री राईको यस्तो चेतावनी !
कमल थापामाथि पनि प्रतिबन्ध लाग्ने संकेत, शहरी विकासमन्त्री राईको यस्तो चेतावनी !

काठमाडौं । धर्मान्तरणका कारण नेपालीका मौलिक संस्कृति र रीतिरिवाजमै असर गरिरहँदा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले धर्मका नाममा राजनीति गर्नेहरुलाई सरकारले प्रतिबन्ध लगा..